- ADVERTISEMENT -

आज दिनभरी देशभर मौसम बदली

January 2, 2020
592
Shares
- ADVERTISEMENT -

काठमाडौं, १७ पौष २०७६ । आज दिनभरी देशभर मौसम सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले बिहिबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेको छ ।

बुलेटिनमा न्यून चापीय प्रणालीको प्रभावले देशभर मौसम बदली भइरहेको जानकारी दिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

उच्च पहाडी र हिमाली भूभागहरुका धेरै स्थानमा हल्का र मध्यम हिमपात हुने मौसम पूर्वानुमानले जनाएको छ । यसैगरी, पश्चिम र मध्य क्षेत्रहरुमा भने हल्का र मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशभर मौसम बदली भइरहने पूर्वानुमानमा उल्लेख गरिएको छ । रातमा केही स्थानहरुमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

महाशाखाले मौसम बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको र चिसो बढ्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -