- ADVERTISEMENT -

स्व राजा वीरेन्द्र शाहको आज जन्मजयन्ती

December 30, 2019
3706
Shares
- ADVERTISEMENT -

काठमाडौं, १४ पौष २०७६ । जनताको कदर गर्ने राजा वीरेन्द्र शाहको जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो ।

- ADVERTISEMENT -

Advertisement

उनको यो कदमलाई जनताले जनप्रिय राजाका रुपमा चिनेका थिए । २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा मृत्यु भएको थियो ।

राजा वीरेन्द्रसंगै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायत १२ जनाको हत्या भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

उक्त घटना अझै रहस्यमै रहेको छ । यो हत्याकाण्डमा युवराज दिपेन्द्रको हात रहेको बताइए पनि अझै जनता मान्न तयार छैनन् । उक्त हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नै नाश भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -