- ADVERTISEMENT -

राजधानीबाट विप्लव समूहका दुई दर्जन नेता-कार्यकर्ता पक्राउ

December 29, 2019
473
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १३ पौष २०७६ । प्रहरीले राजधानी काठमाडौंबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जनवर्गीय संगठनका दुई दर्जन हाराहारी नेता–कार्यकर्तालाई पक्राउ गरेको छ । सरकार विरोधी प्रदर्शनको तयारी गरिरहेका बेला प्रहरीले विद्यार्थीहरुको समूहमा धरपकड गरेको हो ।

सरकारले प्रतिवन्ध लगाएको नेकपाका जनवर्गीय संगठनले संयुक्त विरोध कार्यक्रम आयोजना गर्न लागेका थिए । सोही क्रममा प्रहरीले प्रतिबन्धित नेकपाका पूर्व केन्द्रीय सदस्य मकर गुरुङसहित २० जना भन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रदर्शनी मार्गमा भेला भएर विरोध प्रदर्शनको तयारी गरिरहेका बेला प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले अमेरिकी सरकारसँगको एमसीसी सहयोग कार्यक्रम, कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको भू–भाग भारतले आफ्नो क्षेत्रमा पारेको तथा अरु विभिन्न मुद्दामा सरकारको विरोध गर्दै प्रदर्शनको तयारी गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -