काठमाण्डौ, १३ पौष २०७६ । नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्न नयाँ बर्षको अघिल्लो रात विश्वका अग्ला टावरहरुमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गैरआबासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष कुमार पन्तलाई डिसेम्बर ३१, २०१९ मा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराउन अनुरोध गर्नु भएको छ ।
साथै, मन्त्री भट्टराईले विश्वभरमा रहेका देशहरुमा पनि नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइउन सम्बन्धित देशका एनआरएनहरुलाई अनुरोध गर्नुभएको छ ।
मन्त्रि भट्टराईले गैरआवासीय नेपाली सङ्घ (एनआरए) को संयोजन गर्ने अध्यक्ष कुमार पन्तलाई धन्यवाद पनि दिनुभएको छ ।
मन्त्री भट्टराईका अनुसार सिड्नी-अस्ट्रेलिया, वेलिङ्टन- न्युजिल्याण्ड, टाेक्याे-जापान, सियाेल-दक्षिण काेरिया, दाेहा-कतार, यूएई-दुबई, हङकङ, म्युनिख-जर्मनी, ब्रसेल-बेल्जियम, बेलायत-लण्डन, न्यु-याेर्क अमेरिका, डब्लिन-इरेल्याण्ड, टाेरन्टाे-क्यानडा र शिकागाे-अमेरिका का शहरहरुका अग्ला टावरमा नेपालको झण्डा र नेपाल भ्रमण वर्षको लोगो फहाराइनेछ ।








































