गोरखा, ८ पौष २०७६ । गोरखा पालुङटार नगरपालिका–६ बूढीचौरमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

मंगलबार बिहान १० बजे गोरखाबाट काठमाडौं आउँदै गरेको ग १ ज ७४९४ नम्बरको बोलेरो जीप पल्टिँदा पाँच जना घाइते भएका हुन् । उक्त जीपमा ७ जना सवार थिए

एक जनाको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका एसपी ओम अधिकारीले जानकारी दिए ।

उनका अनुसार दुई जना भने सकुशल रहेका छन्। सबैको उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्