धादिङ, ८ पौष २०७६ । पृथ्वी जयन्तीकाे दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यहि पुस २७ गते रूबिभ्याली गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गाउँपालिका प्रमुख रेरूङ तामाङले जानकारी दिनुभयो ।

बैठकले पृथ्वी जयन्तीको दिन पर्यटन वर्ष २०२० लाई लक्षित गरी विभिन्न पर्यटकीय कार्यक्रमकाे आयोजना गर्न लागिएकाे अध्यक्ष तामाङकाे भनाइ छ ।

‘गाउँमा पर्यटक भित्र्याउनका लागि हाे स्टे सञ्चालनका लागि विशेष पहल गर्ने छाैं’ अध्यक्ष तामाङले भन्नुभयाे, ‘प्रदेश सरकारसँग समन्वय गरी पर्यटकीय गतिविधि सञ्चालन गर्नेछाैं ।’ उहाँले भन्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्