- ADVERTISEMENT -

सशस्त्रले गर्यो गाउँपालिका अध्यक्षको उद्दार

December 23, 2019
470
Shares
- ADVERTISEMENT -

दैलेख, ७ पौष २०७६ । प्रतिबन्धित विप्लव समूहको अपहरणमा परेका ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही १९ घण्टापछि अपहरण मुक्त भएका छन् । प्रहरीले उनलाई लुकाइराखेको अवस्थाबाट उद्धार गरेको हो ।

शनिबार राति अपरहणमा परेका शाहीलाई प्रहरीले कालिकोटको शुभकालिका गाउँपालिकाबाट आइतबार साँझ अपहरणमुक्त गरेको जिल्ला प्रहरी कालिकोटका प्रमुख डीएसपी श्याम बलियाले जानकारी दिए । उनका अनुसार अध्यक्ष शाही कालिकोटबाट खटिएको प्रहरी टोलीको सुरक्षा घेरामा रहेका छन् । शाही सकुशल अवस्थामा प्रहरीको सुरक्षामा भए पनि अपहरणमा संलग्न विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको खोजी कार्यलाई निरन्तरता दिइरहेको छ । शाहीको खोजीमा सशस्त्रसहित १६० जना प्रहरी परिचालन गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

साँझ पौने ६ बजेतिर कालिकोटको शुभकालिका गाउँपालिका–१, छाती क्षेत्र आसपास सशस्त्र प्रहरीको टोली पुगेको थियो । सुरक्षा सम्बद्ध अधिकृतहरुकाअनुसार विप्लव समूहका व्यक्तिले पनि शाहीलाई त्यही इलाकामा पु¥याएका थिए । संयोगवस् विप्लव समूहले शाहीलाई राखिएको घर परिवर्तन गर्न लाग्दा एक महिलाले देखेकी थिइन् र, उनलै सुरक्षा निकायमा खबर गरिन् । केहीवेरमै आइपुगेको सशस्त्र प्रहरीको टोलीले घर घेराउ गरेर हवाई फायरिङ गरेको वडा नं। २ का वडाध्यक्ष रुपालाल विश्वकर्माले बताए । उनले भने, ‘त्यसपछि अध्यक्षज्यूलाई छाडेर विप्लव समूहका व्यक्ति भागेका थिए ।’

यसअघि विप्लव समूहले अपहरणको जिम्मेवारी लिएको थियो । शिरपाटा भन्ने ठाउँमा रहेको आफ्नै घरमा बसिरहेको अवस्थामा शनिबार राति करिब १२ बजे १५–१६ जनाको समूहमा रहेको हतियारधारी समूहले अध्यक्ष शाही र उनकी श्रीमती इला शाहीलाई अपहरण गरेका थिए ।

अध्यक्षसँगै अपहरणमा परेकी उनकी श्रीमती इला शाहीलाई आइतबार बिहान सो गाउँपालिकाको गुइँचाखर्क जंगलबाट मुक्त गरिएको र राजनीतिक मुद्दाका बारेमा छलफल गर्नुपर्ने भएकाले अध्यक्ष शाहीलाई केही दिन छोड्न नमिल्ने भन्दै लगेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -