गोरखा, ६ पौष २०७६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल–भारतबीचको सीमा विवाद समाधानका लागि वर्तमान सरकार प्रयत्नशील रहेको बताउनु भएको छ ।

गोरखा नगरपालिका–४, पिपलथोकमा निर्माण गरिएको नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको पूर्णकदको सालिकको शनिबार एक कार्यक्रमका बिच अनावरण गर्नु हुदै उहाले नेपालले कसैको भूमिमाथि आँखा नलगाउने र नेपालको भूमिमाथि पनि कसैले थिचोमिचो गरेको मान्य नहुने बताउनु भयो ।

‘हामी कसैको भूमिमाथि पनि आँखा लगाउँदैनौं । हाम्रो भूमिमाथि पनि थिचोमिचो नहोस् । हाम्रो भूमिमाथि गलत ढंगबाट आँखा नलगाइयोस्’–मन्त्री भट्टराईले भन्नुभयो–‘भारतले नेपालको भूमि समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेपछि सरकारले वार्ता र संवादमार्फत् विवाद समाधानका लागि प्रयत्न गरिरहेको छ ।’

‘नेपाल गौतमबुद्ध जन्मिएको भूमि हो । यहाँ युद्ध, अशान्ति र झगडाको गुन्जायस छैन’–‘हामी आपसी समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न तत्पर छौं ’ भन्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्