- ADVERTISEMENT -

कसले गर्‍यो प्रधानमन्त्रीको ट्वीटर ह्याक ?

December 21, 2019
599
Shares
- ADVERTISEMENT -

काठमाडौं, ५ पौष २०७६ । भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीको ट्वीट प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटरबाट रिट्वीट भएपछि सामाजिक सञ्जाललाई तताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याक गरेर सोनिया गान्धीले गरेको टुवीटलाई रिट्वीट गरिएको रहस्य खुलेको छ । भारतमा विवादास्पद नागरिकता विधेयक सदनबाट पास भएपछि जनतामा आक्रोश फैलिरहेका बेला प्रधानमन्त्री ओलीको ट्वीटरबाट एउटा विवादास्पद ट्वीट रि–ट्वीट भएको हो ।

- ADVERTISEMENT -

Advertisement

भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश प्रधानमन्त्री ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ ट्वीटरको पासवर्ड दुरुपयोग गरेर रि–ट्वीट भएको हो ।

सोनिया गान्धीले अंग्रेजीमा दिएको भिडियो सन्देशमा भाजपा सरकारले जनताको आवाज सुन्नुपर्ने उल्लेख छ । आफ्नो अधिकारका लागि गरेको संघर्षमा उत्रिएका जनतालाई कांग्रेस पार्टीको साथ रहेको पनि उनले भिडियोमा बताएकी छन् ।

उनले भनेकी छन्, ‘प्रजातन्त्रमा सरकारको गलत निर्णय र नीतिका विरुद्ध आवाज उठाउने अधिकार हुन्छ । जनताको आवाज सुन्ने सरकारको दायित्व हो । विजेपी सरकारले यो विकल्प छनौट गर्नुपर्छ । प्रजातन्त्रमा यो कदम अस्वीकार्य छ । विजेपी सरकारको कदमकोविरुद्ध कंग्रेस पार्टीले घोर भर्तसना गर्छ । भारतीय नागरिक र विद्यार्थीमा सौहार्दता व्यक्त गर्दछु ।’

भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस नेतृत्वको यो भिडियोलाई प्रधानमन्त्री ओलीको भेरिफाइड ट्वीटर ह्याण्डलबाट रिट्वीट भएपछि तरंग सिर्जना हुनु स्वाभाविकै हो । प्रधानमन्त्रीको ह्याण्डलबाट भएको रिट्वीट केही घण्टापछि हटाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरको पासवर्ड दुरुपयोग भएको बताएका छन् । उनले उक्त विषयमा छानबिन भइरहेको जानकारी दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -