काठमाडौं, ५ पौष २०७६ । पश्चिमी वायूको प्रभाव जारी रहँदा आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखामा अनुसार आज पनि देशको उच्च पहाडी/हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना देखिएको छ । हिउँदको पानी र हिमपातका कारण चिसो बढ्ने महाशाखाको अनुमान छ ।

तीन दिनको मौसम पूर्वानुमान
पुस ५ गते (शनिबार)

दिउँसो: देशको पश्चिमि भू-भाग लगायत मध्य तथा पूर्वी पहाडि भु-भागमा सामान्य वदली र अन्य स्थानहरुमा आंशिक वदली रहनेछ। देशका उच्च पहाडि/हिमालि भु-भागमा हल्कादेखि मध्यम हिमपात र पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति: देशभर आंशिक देखि सामान्य बदलिको अवस्था रहनेछ। देशका उच्च पहाडि/हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात र पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

पुस ६ गते (आइतबार)
दिउँसो: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

राति: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

पुस ७ गते (सोमबार)
दिउँसो: देशको पूर्वी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

राति: देशको पूर्वी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भु-भागमा मौसम समान्यतया सफा रहनेछ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्