- ADVERTISEMENT -

गाेरखा कार्यक्रममा पुग्नु भएका सांसद खड्का स्वास्थ्यमा समस्या आएपछि काठमाण्डौं फर्किए

December 20, 2019
972
Shares
- ADVERTISEMENT -

गोरखा, ४ पौष २०७६ । गोरखा आएका प्रतिनिधिसभा सदस्य चुडामणी खड्काको स्वास्थ्यमा अचानक समस्या भए पछि हेलिकप्टरबाट काठमाण्डौं फर्किएका छन ।

गोरखा सदरमुकाममा आयोजित दोस्रो गोरखकाली मेलाका प्रमुख अतिथि सांसद चुडामणी खड्का मञ्चकै कार्यक्रममा रहदा छाती दुख्न थाले पछि समय छुट्याएर अगाडी नै मन्तव्य राखेर मञ्च बाट निस्कीएका थिए ।

- ADVERTISEMENT -

Advertisement

हरमटारीबाट नाम्जालीडाँडा सम्म स्कारोपियो जीपमा गएर काठमाण्डौं बाट झिकाएको मनाङ एयरको हेलिकप्टरमा अपरान्ह सवा ४ बजे सांसद खड्का काठमाण्डौं फर्किएका हुन । मञ्चमा बस्दाबस्दै छातीको दुखाई बढे पछि काठमाण्डौं फर्कने लागेको र काठमाण्डौं पुगे पछि आफूले नियमित जाँच गराइरहेको चिकित्सक संग स्वास्थ्य परिक्षण गराउने सांसद खड्काले जानकारी दिनु भएको छ ।

सांसद खड्का शुक्रवार बिहान नै स्कारोपियो जीपमा नै गोरखा आएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -