- ADVERTISEMENT -

भारतपछि पाकिस्तानमा पनि शक्तिशाली भूकम्पको झट्का

December 20, 2019
539
Shares
- ADVERTISEMENT -

पाकिस्तान, ४ पौष २०७६ । शुक्रवार साँझ हिन्दुकुश क्षेत्रमा केन्द्रबिन्दू भएको एक शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले जनाएको छ ।

युएसजीएसले ६.१ मापन गरेको उक्त भूकम्पका बारे भारत तथा पाकिस्तानका भौगर्भिक निकायहरूले ‌६.८ सम्म मापन गरेका छन् । भूकम्पको शक्तिशाली धक्का भारत, पाकिस्तान र अफगानिस्तानका विभिन्न क्षेत्रमा महसुस गरिएको विवरणहरू आएका छन् ।

- ADVERTISEMENT -

Advertisement

पाकिस्तानी समाचारपत्र डनको अनलाइन संस्करणले इस्लामाबादस्थित भूकम्प मापन केन्द्रले ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प मापन गरेको जनाएको छ ।

भूकम्पको प्रभाव पेशावर, मालाकण्ड र चित्राल सहितका क्षेत्रमा महसुस गरिएको डनले लेखेको छ । सो भूकम्पको गहिराइ २१० किलोमिटर मापन गरिएको बताइन्छ। भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानमा भएको बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

रोयर्टस समाचार संस्थाले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै पाकिस्तान, अफगानिस्तान र भारतका उत्तरी भागमा भवनहरू हल्लिएका उल्लेख गरेको छ ।

दिल्ली र आसपासका क्षेत्र एवं पञ्जाबमा पनि भूकम्पको धक्का महसुस गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -