काठमाडौं, ३ पौष २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्थायी समितिको बैठकमा गोर्खा भर्तीको समस्या समाधनको निम्ती सरकारले गरीरहेको कामको बारेमा बताउनु भएको छ ।

बैठकमा मन्त्री ज्ञवालीले गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सन्धी पुनरावलोकनको लागि औपचारिक रुपमा बेलायतलाई पत्र लेखेको जानकारी दिनुभयो ।

नेकपाको जारी स्थायी कमिटि बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि लिखित टिप्पणी राख्नु हुदै परराष्ट्रमन्त्री ज्ञवालीले गोर्खा भर्तीको बिषयमा पनि जानकारी गराउनु भएको हो ।

उहाले नेपालले इतिहासमा पहिलो पटक गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सन्धीको पुनरावलोकनको विषय औपचारिक रुपमा बेलायत समक्ष उठाएको पनि बताएका छन् ।

‘प्रधानमन्त्रीले गतः जुनमा बेलायती समकक्षीसमक्ष विधिवत् रुपमा यो विषय प्रवेश गराउनु भएको छ, मैले बेलायतको सम्बद्ध निकायलाई औपचारिक पत्र लेखेको छु । रोयटर्समार्फत् मैले तिनै दृष्टिकोण सार्वजनिक गरेको छु, भन्नुभयो ।

मन्त्री ज्ञवालीले नेपालले ब्रिटिश सेनामा नेपाली महिलालाई भर्नाको अनुमति नदिएका जनाएका छन् । ‘भन्ने कुरा चरम आग्रह र भ्रमप्रचार मात्रै हो ।’भन्नुभयो ।

मन्त्री ज्ञवालीका अनुसार यसअघिको सन्धीले पुरुषमात्रै भर्ती हुन सक्ने व्यवस्था र सन्धी पुनरावलोकन नहुञ्जेल महिला भर्ना हुन नसक्ने व्यवस्था गरेको छ । ‘सन्धी अनुसार पनि मिल्दैन । संभवतः यसैले बेलायतले यस सम्बन्धमा नेपालको सहमति खोजेको होला ।’ गोर्खा भर्ती र भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समधानको निम्ती कुटनीतिक पहल जारी राखेको जनाएका छन् । बैठकमा मन्त्री ज्ञवालीले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) र इन्डोप्यासिफिक स्ट्राटेजी (आइपिएस)लाई एउटै अर्थ लाग्ने गरी बुझ्न र व्याख्या गर्न नहुने धारणा व्यक्त गर्नु भयो ।

‘ती दुई विषय एकै होइनन् । बीआरआई समावेशी विकासको एउटा बृहत अवधारणा र परियोजना हो भने आइपिएस अमेरिकाको सुरक्षा र विदेश नीतिको महत्वपूर्ण पाटो दुई विषयलाई एकै रूपमा प्रस्तुत गर्दा अन्यथा अर्थ लाग्छ ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्