काठमाडौं, ३ पौष २०७६ । संसद सचिवालयका महिला कर्मचारीमाथि यौनदुरव्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा उच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

उनको सुनुवाइको लागि उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा पेसी रहेको छ । यसअघि उच्चले जिल्ला अदालतको आदेश मगाउने निर्णय गरेको थियो।

उच्च अदालतले बिहीबारको सुनुवाइमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गर्ने बा बदर गर्ने निर्णय गर्ने छ ।

उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्यायो भने उनी थुनामुक्त हुने छन् । उच्च अदालतले जिल्लाकै आदेश सदर गरेमा महरा थुनामै रहनुपर्ने हुन्छ ।

यसैगरी, जिल्ला अदालतमा पनि उनको बकपत्र चलिरहेको छ । सोमबारदेखि उनलाई जिल्ला अदालत काठमाडौंमा बकपत्रका लागि उपस्थित गराएको थियो ।

न्यायाधीश अम्बिरराज पौडेलको इजलासमा महराको बकपत्र भइरहेको छ । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा उनलाई मंसिर ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशले महरा डिल्लीबजार कारागारमा बसिरहेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्