लाहोर, २ पौष २०७६ । पाकिस्तानका पुर्व सैन्य प्रमुख परवेज मुशर्रफलाई पाकिस्तानको विशेष अदालतले फाँसीको सजाय सुनाए पश्चात पाक सरकारले भनेको छ कि उनलाई फर्काएर ल्याउनको लागी कानुनी बाटोमाथि विचार विमर्श गर्नेछ ।

यद्यपी, उनलाई पाकिस्तान ल्याउनु नै हालको सरकारको लागी ठुलो चुनौती साबित हुनेछ । उनी मार्च २०१६ मा सर्वोच्च अदालतले अनुमति दिए पश्चात दुबई गएका थिए, यही बिच विशेष अदालतले उनलाई भगौडा समेत भनेको छ ।

हाल मुशर्रफ दुबईमा आफनो उपचार गराइरहेका छन् । सुनुवाईको समय कैयौ दफाहरु हटाए बावजुद उनी विशेष अदालतमा उपस्थित भएनन् । दोस्रो तिर प्रधानमन्त्रि इमरान खानको सुचना र प्रसारण अधिकारी फिरदौस आशिक अवानले भनेका छन कि सरकार अदालतको फैसलाबाट राष्ट्रहित तथा राजनितिक असर माथि विस्तारले समीक्षा गर्नेछ ।

इस्लामाबादमा अवानले पत्रकारहरुसँग भनेका छन कि सरकारले कानुन विशेषज्ञसँग चर्चा गरेको छ । यसमा निर्णयलाई कानुनी र राजनितिक पक्षहरु र राष्ट्रहित माथि प्रभावको विश्लेषण भयो । मुशर्रफलाई पाकिस्तान फर्काउने सवालमा अवानले भनेका छन कि यो प्रक्रिया माथि पनि कानुनी टिमसँगै सरकार विचार गरीरहेको छ, छलफल गरीरहेको छ । उनले भनेका छन कि प्रधानमन्त्रि बुधबार विशेष विदेश भ्रमण सकेर फर्कनेछन र वास्तवीकता र कानुनी प्रावधानलाई हेर्नेछन र यसपछि कुनै निर्णय लिइनेछ ।

दोस्रो तर्फ फैसला आए लगतै पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो–जरदारीले ट्विट गर्दे भने लोकतन्त्र सबैभन्दा राम्रो बदला हो ।

दुबईबाट नै भिडियो मार्फत भनिसके पाकिस्तान फर्कन्न

पाकिस्तानी उच्च अदालत र विशेष अदालतले मुशर्रफलाई कैयौ पटक बोलाइसकेको छ । तर हरेक पटक बीमारी को बहाना बनाउदै देश फर्कन अस्विकार गर्दे आइरहेका छन् । हालै मात्र उनले अस्पतालको बेडबाटै भिडियो जारी गर्दे भनेका छन देशद्रोहको केस आधारहिन हो । गद्धारी त टाढाको कुरा मैले यो देशको लागी कैयौ पटक भलो चिताएको छु । कैयौ पटक लडाई लडे । १० बर्षसम्म सेवा गरे । आज मेरो कुनै पनि सुनुवाई भईरहेको छैन । मेरो विरुद्ध जाँचको लागी उच्च आयोग बनाइयो । तर एक पटक यहाँ आएर आयोगले मेरो स्वास्थ्य हेरोस र मेरो बयान दर्ता गरोस । यसपछि जे कार्रवाही गरे पनि गरोस ।

सजाएबाट बच्न उच्च अदालतमा पहिला नै आवेदन

दुबईको अस्पतालमा भर्ति परवेज मुशर्रफले यस्तो सजाय सुनाइने आभास गरेका थिए उनले पछिल्लो हप्ता आफनो वकिलद्धारा लाहौर उच्च अदालतमा अपील दर्ता गराए । यसमा उनले उच्च अदालतसँग विशेष अदालतमा चलीरहेको सुनुवाईलाई रोक्न माग गरेका थिए । मुशर्रफका भनाई थियो कि उनले विशेष अदालतमा पहिला नै विशेष अदालतको गठन विरुद्ध आवेदन दिएका छन, जसमा परिक्षणको उदेश्य माथि सवाल उठाइएको छ ।

पाकिस्तानी इतिहासमा मुत्यु दण्ड पाउने पहिलो सैन्य शासक
पाकिस्तानका पुर्व सैन्य शासक परवेज मुशर्रफलाई पेशावरको विशेष अदालतले मंगलबार देशद्रोहको अभियोगमा फाँसीको सजाय सुनायो । मुशर्रफ पाकिस्तानी इतिहासमा मुत्य दण्ड पाउने पहिलो सैन्य शासक र दोस्रो शिर्ष अधिकारी हुन् । उनी भन्दा पहिला जुल्फिकार अली भुट्टोलाई १९७७ मा प्रधानमन्त्रि पदबाट हटाएर फाँसी मा चढाइएको थियो ।
मुशर्रफ माथि २००७ मा निर्वाचित सरकारलाई उथलपुथल गरे पश्चात आपतकाल घोषणा गरेको भन्दै देशद्रोहका आरोप थियो । यो आरोपको सुनुवाई पेशावर उच्च अदालतका चीफ जस्टिस वकार अहमद सेठले अगुवाई गरेकोद तीन सदस्यीयले गरीरहेको थियो । मंगलबार यो मण्डलले अपराध पुष्टि गर्दे मुशरृफ विरुद्ध २–१ के मतको आधारमा फैसला सुनाएको हो । मुशर्रफ विरुद्ध २०१४ देखी नै यो मुद्धा चलिरहेको थियो ।

यसपछि मुशर्रफ मार्च २०१६ मा स्वास्थ्य उपचारको नाममा दुबई गए र फेरी सुरक्षा, स्वास्थ्यको हवाला दिदै उनी कहिले पनि फर्केनन् । न्यायाधिश सेठ, न्याधिश नजर अकबर र न्यायाधिश शाहिद करीमको टिमले यो घटनामा आफनो फैसला १९ नोभेम्बरमा सुरक्षित राखेको थियो । इस्लामाबाद उच्च अदालतले २७ नोभेम्बर मा यो निर्णय सुनाउन रोक लगाउदै सरकारलाई ५ डिसेम्बरसम्म नयाँ अभियोजन टिम बनाउन पनि निर्देशन दिएको थियो ।

रकारद्धारा गठित नयाँ टिम पाँच डिसेम्बर विशेष अदालत समक्ष पेश भए, यसपछि विशेष अदालतले फैसला सुनाउनको लागी १७ डिसेम्बरको तारिक तय गरेको थियो ।

मुशर्रफको उत्पति र यात्रा
– अक्टोबर १९९९ मा तत्कालीन प्रधानमन्त्रि नवाज शरीफ विरुद्ध सैन्य विद्रोह गर्दे सत्ता आफनो हातमा लिएका थिए ।
– जुन २००१ मा सैन्य प्रमुख सँगै आफैलाई पाकिस्तानको राष्ट्रपति घोषित गरे ।
– अप्रिल २००२ मा विवादित जनमत संग्रह गराउदै फेरी ५ बर्षको लागी राष्ट्रपति बने ।
– अक्टोबर २००७ मा फेरी राष्ट्रपति पदको चुनाव जीते जसले सर्वोच्च अदालतलाई चुनौति दियो ।
– अगस्ट २००८ मा मुख्य सत्ताधारी पार्टिको दबाब पछि राष्ट्रपति पदबाट राजिनामा दिए ।

शरीफ सरकारले चलाएको थियो मुद्धा

देशद्रोहको यो मुद्धा ३ नोभेम्बर २००७ मा आपतकाल लगाए विरुद्ध दर्ता गराइएको थियो । नवाज शरीफ २०१३ मा सत्तामा फर्के पश्चात डिसेम्बरमा मुशर्रफ विरुद्ध देशद्रोहको मुद्धा फेरी शुरु भएको थियो । ३१ मार्च २०१४ मा मुशर्रफलाई आरोपीत सावीत गरीयो र त्यही बर्ष सेप्टेम्बरमाख अभियोजनले सबै साक्षीलाई विशेष अदालतमा राखियो । यो विरुद्ध दायर गरीएको अपिलको कारण मुद्धामा केही ढिला भयो । सर्वोच्च अदालतबाट पाएको मञ्जुरी पछि मुशर्रफ मार्च २०१६ मा पाकिस्तानबाट विदेश स्वास्थ्य परिक्षणको लागी गएका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्