- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेप्से : १२७४ बिन्दुबाट ११५५ को बिन्दुमा

December 18, 2019
666
Shares
- ADVERTISEMENT -

काठमाडाै, २ पौष २०७६ । पाँच महिनाको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब ७७ करोड कित्ता सेयर थप भएका छन् । दोस्रो बजारमा सेयर कारोबारका लागि ७६ करोड ७८ लाख ९९ हजार २१४ दशमलव ४ कित्ता सेयर सूचीकृत भएको नेप्सेको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा नेप्सेमा करिब ७७ करोड कित्ता थप भइरहँदा सेयर बजार परिसूचक नेप्सेसमेत १२७४ को बिन्दुबाट ११५५ को बिन्दुमा झरेको छ । लगानीकर्ताले सेयरको फ्लो बढी भएकै कारण पनि बजार घटिरहेको छ भन्ने आँकलन गरिरहँदा नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले भने सेयर थप हुँदा बजारमा यसको नकारात्मक प्रभाव भने नपरेको बताए।

- ADVERTISEMENT -

Advertisement

उनले भने, ‘सप्लाई बढ्ने बित्तिकै बजार घट्ने नियम नै हो तर यहाँ सेयर थप भएकै कारण बजार घटेको छ भन्न मिल्दैन । बजार यी सेयर थप हुनुअघि नै ११ सय देखि १२ सयको रेसियोमा थियो र अहिले पनि त्यही रेसियोमा छ ।’

पछिल्ला पाँच महिनामा आईपीओ, बोनस सेयर, हकप्रद सेयर, ऋणपत्र र म्युचुअल फन्ड गरेर ७६ करोड ७८ लाख बढी कित्ता सेयर नेप्सेमा थप भएको छ । जसमध्ये आईपीओ ४२ करोड ११ लाख ६९ हजार ९६६ कित्ता, बोनस सेयर ९ करोड ७६ लाख ९१ हजार ७८८ कित्ता, हकप्रद सेयर २ करोड १२ लाख ९५ हजार ३५० कित्ता, मर्जरपछिका ४ करोड ४२ लाख ४२ हजार ११० कित्ता, म्युचुअल फन्ड १८ करोड १० लाख कित्ता र २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएका हुन् । अधिकांश भने बोनस सेयर सूचीकृत भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

चालू आर्थिक वर्ष सुरु भएदेखि नै सेयर बजार निरन्तर ओरालो लागेको नेप्सेको रिपोर्टले देखाउँछ । आर्थिक वर्ष सुरु भएकै दिन १ हजार २७४ दशमलव ८६ को बिन्दुमा रहेको बजार मंसिर दोस्रो सातातिर चालू आर्थिक वर्षकै न्यून ११ सय ९ को बिन्दुमा पुगेको देखिन्छ । यद्यपि, मंसिर तेस्रो र चौथो साता बजार सकारात्मक रहँदै पछिल्लो समय नेप्सेमा १ हजार १५५ को रेसियोमा कारोबार भइरहेको छ ।

लगानीकर्ताले विभिन्न आधारभूत र प्राविधिक पाटोमा अनुमान तथा विश्लेषण मात्र गर्ने हुन् । यसर्थ, आम लगानीकर्ताले वित्तीय अवस्था, कम्पनीको समग्र पक्ष, व्यवसाय विस्तारको सम्भावनासहित अन्य महत्वपूर्ण सूचक हेरेर दीर्घकालीन हिसाबले लगानी गर्ने गर्छन् ।

सूचीकृत कम्पनीको पछिल्ला वित्तीय सूचक औसतमा राम्रो देखिएका छन् । सेयर लगानीकर्ताका लागि बढी महत्व राख्ने रिजर्भ, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थलगायत सूचकमा पनि सुधार देखिन्छ । बजारले भने ओरालो यात्रा तय गरेको पाँच महिना मात्रै नभएर ४० महिनाभन्दा लामो बियरिस प्रवृत्ति पनि पूरा गरिसकेको छ ।

मंगलबारको बजार

साताको तेस्रो दिन नेप्से परिसूचक १ दशमलव २६ अंकले बढेको छ । यस दिन नेप्से १ हजार १५५ दशमलव ३७ बिन्दुमा बन्द भएको हो । १६७ कम्पनीको २७ करोड ९२ लाख रुपैयाँ बढीको ८ लाख ४० हजार ६७७ कित्ता सेयर कारोबार भएको छ ।

मंगलबार कारोबारमा आएका १२ वटा उपसमूहमध्ये ८ समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूह ४६ दशमलव ५८ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक भने १ दशमलव ५९ अंकले घटेको छ ।

खरिद बिक्री रकमका आधारमा एनएमबी बैंकले अग्रता लिएको छ । यसको ३ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ६८ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ८९ प्रतिशतका दरले गुमाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -