UML leader Bam Dev Gautam speaks to media during a tea receiption organised at the Presidential Palace, on Monday, October 16, 2017. Photo: RSS

काठमाडौं, २ पौष २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले कृषि भूमिको चक्लाबन्दी गरे मात्र कृषि उत्पादन बढ्न सक्ने बताएका छन् ।

अखिल नेपाल किसान महासंघले आयोजना गरेको कृषि विकास, खाद्य सम्प्रभुता र जलवायु न्याय सम्बन्धि बहुपक्षीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता गौतमले कृषिको उत्पादन बढाउन चक्लाबन्दी अवश्यक रहेको जनाएका हुन् ।

नेता गौतमले भूमिको चक्लाबन्दी सरकारले किसानलाई चलनचल्तीको मूल्य तिरेर गर्नुपर्ने समेत जनाए । नेता गौतमले चक्लाबन्दी नगरे कृषिमा अन्य मुलुकहरुसँग प्रतिस्पर्धा गर्न नसकिने दाबी गरे ।

यसैक्रममा, नेता गौतमले कृषिमा यान्त्रिकरण, व्यवसायीकरण तथा डिजिटल उत्पादन नगरे कृषि उत्पादन बढ्न नसक्ने र त्यसका लागि कृषि भूमिको चक्लाबन्दी आवश्यक रहेको जनाए ।

उनले खाद्य सम्प्रभुतालाई संविधानमा उल्लेख गरिएको भएपनि त्यसको कार्यान्वयनमा कानून निर्माण गरी अगाडी बढ्नुपर्नेमा जोड दिए ।त्यस्तै जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरलाई न्यूनिकरण गर्न वन क्षेत्रको संरक्षण आवश्यक रहेको पनि उनको भनाइ थियो ।

जलवायु परिवर्तनको समस्या समाधानका लागि औद्योगिक क्षेत्रमा उर्जाको प्रयोग गर्नुपर्ने र सरकारले त्यसका लागि आवस्यक व्यवस्था गरिरहेको स्पष्ट पारे ।

उनले जलवायु परिवर्तनका लागि असर पार्ने खालका गतिविधि गर्ने मुल्कहरुसँग क्षतिपूर्ति माग्नुपर्ने र क्षतिपूर्ति लिंदै गर्दा औद्योगिकरणमा जाँदैनौं भन्न नहुने समेत जनाएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्