Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०५:०५ बिहान
- ADVERTISEMENT -

सरकारले दादुरा र रुबेलाविरुद्ध खोप अभियानबारे प्रचारप्रसार तिब्र

प्रकाशित मिति: २०७६ पुस १, मंगलबार

667
Shares

काठमाडौं, १ पौष २०७६ । सरकारले दादुरा र रुबेलाविरुद्ध खोप अभियानबारे प्रचारप्रसार थालेको छ ।

सबै प्रदेश सरकार र सम्बन्धित निकाय तथा संघ संस्था र समुदायलाई अभियानबारे जानकारी दिँदै प्रचारप्रसार सुरु गरिएको बाल स्वास्थ्य तथा खोप शाखाका खोप सुपरभाइजर भरत भण्डारीले जानकारी दिनुभयो ।

खोपबाट बञ्चित भएका बालबालिकालाई प्राथमिकता दिँदै ३० लाख बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । बालबालिकालाई दादुरा र रुबेलाविरुद्ध पूरक मात्रामा खोप दिन चलाउन लागिएको अभियान आउँदो फागुन र चैतमा दुई चरणमा हुने छ । खोप अभियानका लागि ५० ठाउँमा खोप केन्द्र राख्ने र एक लाख जना स्वंयसेवी खटाउने सरकारको तयारी छ ।

पहिलो चरणअन्तर्गत फागुनमा प्रदेश नम्बर १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ बालबालिकालाई र दोस्रो चरणअन्तर्गत चैतमा प्रदेश नम्बर ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने खोप सुपरभाइजर भरत भण्डारीले जानकारी दिनुभयो ।

अभियान एक महिनासम्म चल्नेछ । दादुरा र रुबेला खोप अभियानका लागि सरकारले ५६ करोड रुपैयाँ खर्च हुने पनि जनाएको छ । सरकारले सन् २०१९ मा नेपालबाट दादुरा र रुबेला निवारण गर्ने लक्ष्य लिएको थियो ।

तर अझै देशका विभिन्न भागमा दादुरा देखिएपछि सरकारले अभियान चलाउन लागेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -