काठमाडौँ, १ पौष २०७६ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को परीक्षा आगामी  चैत ६ गतेदेखि  सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको साेमबार बसेको बैठकले एसइई परीक्षा आगामी चैत ६ गतेदेखि १७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस वर्षको एसइईमा नियमिततर्फ करिव चार लाख बिधार्थी परीक्षामा सहभागी हुने बताउनु भयो । परीक्षा फारम भर्ने समय पुस ९ गतेसम्म रहेकाले एक्जाम्टेडतर्फका विद्यार्थीसहित करिव पाँच लाख विद्यार्थी सहभागी हुने अनुमान रहेको उहाले जानकारी दिनुभयो ।

एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेलले सुरुको दिन अनिवार्य अंग्रेजी विषय रहेको र प्राविधिकसहित  चैत १७ गतेसम्म सबै विषयको परीक्षा सकिने बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्