काठमाडौँ, २८ मङ्सिर २०७६ । मौसम खराब भएका कारण पोखरामा शनिबारदेखि सुरु हुने तय भएको पोखरा प्रिमियर लिग (पिपिएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेट एक दिन पछाडि धकेलिएको छ ।

हाल देशभर नै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भइ वर्षा समेत भएको छ ।

आइतबारदेखि सुरु हुने प्रतियोगिताको विजेता टिमले २७ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

प्रतियोगिताको उपविजेताले १० लाख पाउनेछन् । त्यसैगरी पिपिएलको ‘म्यान अफ दी सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीनजना खेलाडीलाई टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिने आयोजकले बताएका छन् ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई रु १० हजार पुरस्कार प्रदान गरिने छ ।

त्यसैगरी प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडीलाई सुविसु किलियर टेलिभिजन र प्रत्येक खेलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीलाई सुविसु फास्टेस फिप्टी प्रदान गरिनेछ । जसमा एक वर्षका लागि निःशुल्क सुविसु केबलनेट प्रालिको इन्टरनेट र किलियर टेलिभिजन उपलब्ध गराउनेछ ।

पिपिएलको दोस्रो संस्करणमा छ टोलीको सहभागिता रहेको छ । साबिक विजेता पोखरा पल्टन, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुजले यो संस्करणमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्