- ADVERTISEMENT -

काठमाडौँमा हिमपात, चन्द्रागिरी सेताम्मे

December 13, 2019
542
Shares
- ADVERTISEMENT -

काठमाडौं, २७ मंसिर २०७६ । बिहानैदेखि काठमाडौँ उपत्यकामा वर्षासहित हिमपात भएको छ। काठमाडौँको चन्द्रागिरीलगायतका स्थानमा हिमपात भएको हो।

आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुनुका साथै पहाडी तथा हिमाली भागमा भारी हिमपात भएको छ।

- ADVERTISEMENT -

Advertisement

आज दिनभर उपत्यका र पहाडी भेगको मौसम यस्तै रहने पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिमी वायुको निम्न चापीय प्रणालीको प्रभावले मौसम बदली भारी हिमपात भएको हो।

हिमाली तथा पहाडी भेगमा भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ। कर्णालीको सूर्खेत, डोल्पा, हुम्लालगायतका स्थानमा हिमपातले जनजीवन प्रभावित बन्नुका साथै मुस्ताङमा चिसोका कारण खोला तथा तालको पानी समेत जमेको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -