अमेरिका, २६ मंसिर २०७६ । अमेरिकाले इन्काउन्टर स्पेशलिस्ट को नामले प्रख्यात पाक्रिस्तानका एक पुर्व प्रहरी अधिकारीलाई कालो सुचीमा राखेको छ ।

राव अनवर अहमद खान नामका पुर्व प्रहरी माथि मानवअधिकारको उलंघनको गम्भिर आरोप लागेको छ । खान ९० भन्दा बढि मुडभेडमा परिसकेका छन्, जसमा ४०० भन्दा बढि मानिसहरु मारिसकेका छन्, जुन धेरै फेक इन्काउन्टर थिए ।

अमेरिकी वित्त मन्त्रालयको अनुसार, सिंध प्रान्तको मलिर जिल्लामा वरिष्ठ प्रहरी अधिकृत (एसएसपी) को रुपमा आफनो सेवा दिइसकेका खान माथि फेक मुठभेड गरेको आरोप छ । खानले मलिर जिल्लामा १९० भन्दा बढि मुडभेडलाई अन्तिम रुप दिए, जसमा ४०० भन्दा बढि मानिसहरु मारिएका थिए । यी मध्ये बढिलाई प्रहरीको जेलभित्रै मारेको थियो ।

यस वाहेक खानमाथि असुली, भुमि अधिग्रहण, मादक पदार्थको तस्करी र हत्याको पनि आरोप छ । अधिकारीहरुका अनुसार, खान ‘प्रहरी, अपराधि र ठगहरुको नेटवर्कको पनि प्रमुख दिए, जो असुली, भुमि अधिग्रहण, मादक पदार्थको तस्करी र हत्या जस्ता अपराधमा समावेश थिए ।’

अमेरीकाले खानलाई कालो सुचिमा राखेपछि पाकिस्तानी जनताले यसको स्वागत पनि गरेका छन् ।

भ्वाइस अफ कराँचीका प्रमुख नदीम नसरतले भनेका छन् कि ‘वैश्विक स्तरमा मानवअधिकार को रक्षा गर्ने दिशामा यो एउटा ऐतिहासिक कदम हो । भ्वाइस अफ कराँची को आफनो टिम र सिंध बसोवास गर्ने चार करोड जनताको तर्फवाट वैश्विक स्तरमा मानवअधिकारको हनन गर्नेमा समावेश खान र अन्य विरुद्ध अमेरीकाले उठाएको कदमको स्वागत गर्दछु ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्