काठमाडौं, २६ मंसिर २०७६ । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतले लेखेको पुस्तक सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा एक समारोहबिच पूर्व राष्ट्रपति डा. रामवरण यादवले पूर्व अर्थमन्त्री डा. महतद्धारा लिखित ‘ट्रेल्स, ट्रेमोर्स एण्ड होप’ नामक पुस्तक बिमोचन गरेका हुन् । पुस्तकमा नेपालको अर्थतन्त्र, व्यापार घाटा लगायत अर्थराजनीतिलाई उठाएको छ ।

बिमोचन कार्यक्रममा पूर्व राष्ट्रपति यादवले पुस्तकमा समावेस गरिएका विषयले देशको आर्थिक विकासमा योजना बनाउन र कार्यान्वयन गर्न सहयोग पुग्ने धारणा व्यक्त गरेका छन् ।

यादवलेले कृषि तथा पूर्वाधार विकासको कुरा गर्ने तर जलवायु परिवर्तनको कुरा छुटाउने प्रवृति गलत भएको भन्दै जलवायु परिवर्तनले अर्थतन्त्रमा पारेको प्रभावलाई समेत समेट्न सुझाव दिएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्