चरिकोट मङसिर २६ गते । दोलखाको भीमेश्वर नगरपालिका (२ स्थित तिखातलमा ब्याकहो लोडर दुर्घटना हुदा एकजनाको मृत्युु भएको छ भने तीन जना घाइते भएका छन ्।

सदरमुकाम चरिकोटबाट दोलखा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको जेसिभि कम्पनीको ब्याकहो लोडर राति ८ः३० बजे दुर्घटना हुँदा दोलखा बिगु गाउँपालिका ८ खोपाचाँकुका अन्दाजी २३ वर्षीय राजु थामीको मृत्यु भएको हो।

दुर्घटनामा घाइते हुनेहरूमा चालक कालिन्चोक गाउँपालिका ४ चिउरीखर्कका २२ वर्षीय राजकुमर थामी, बिगु गाउँपालिका ७ अम्बा टोलका २७ वर्षीय बिजय श्रेष्ठ र भीमेश्वर नगरपालिका २का १६ वर्षीय सुमन थामी रहेको दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिनुभयो ।

दोलखा(चरिकोट सडक खण्ड अन्तर्गत तिखातल भन्ने स्थानमा ब्याकहो लोडल अनियन्त्रित भई दुर्घटना भएको सुचना आएपछि जिल्ला प्रहरी कार्यलय चरिकोटबाट घट्ना स्थल पुगेका प्रहरीले घाइतेहरूको उद्धार गरि राति नै चरिकोट स्थित प्राथमिक स्वस्थ्य केन्द्रमा र्पुयाएका थिए।

गम्भीर घाइते भएका राजु थामीको भने उपचारको क्रममा राति ९ बजेको समयमा मुत्यु भएको थियो । उनको शवलनई हाल प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।

त्यसैगरी घाइतेहरुै तिनै जनालाई थप उपचारकालागि काठमाडौ पठाइएको प्राथमिक स्वस्थ्य केन्द्र चरिकोटले बताएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्