- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन हुने

December 12, 2019
519
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २६ मङ्सिर २०७६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को धावनमार्ग रिह्याबिलिटेसन ९जीर्णोद्धार० को दोस्रो चरण तोकिएको समयभन्दा करिब ६ महिनाअघि सकिने भएको छ ।

जीर्णोद्धारको काम सक्ने म्याद आगामी मेसम्म रहे पनि तीन साताभित्रमै पूरा हुने नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका एक इन्जिनियरले बताए ।

- ADVERTISEMENT -

Advertisement

काम सकिनासाथ धावनमार्ग चौबीसै घण्टा सञ्चालन गर्न सकिने हुनेछ । तर प्राधिकरणले २१ घण्टा विमानस्थल सञ्चालन गर्ने तयारी गरेको छ । अहिले राति साढे ११ देखि बिहान साढे ६ बजेसम्म नोटाम जारी गरेर विमानस्थलमा आवागमन रोकिएको छ । चिनियाँ ठेकेदार कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले धावनमार्गसहित ट्याक्सी–वे, ड्रेनलगायत भौतिक निर्माणको काम तीव्र गतिमा अघि बढाएको छ । ‘अब धावनमार्गको पिच भत्किने, ट्याक्सी–वे भास्सिनेलगायतका समस्या हुँदैन,’ प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, ‘जनवरीदेखि विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउँछौं ।’ भ्रमण वर्ष २०२० लगायतलाई दृष्टिगत गरी ठेकेदार कम्पनीले द्रुतगतिमा काम गरेको उनले बताए ।

भौतिक काम अन्तिम चरणमा पुगेको, ट्याक्सी –वे र धावनमार्गको छेउछाउमा बत्ती राख्न मात्रै बाँकी रहेको महानिर्देशक पोखरेलले बताए । ४० वर्षदेखि मर्मतसम्भार नगरेको धावनमार्ग जीर्णोद्धार गर्न चिनियाँ ठेकेदार कम्पनीले गत चैतमा जिम्मा पाएको थियो । पहिलो चरणमा काम भएकाले चैत ११ देखि असार १६ सम्म राति १० देखि बिहान ८ बजेसम्म ९१० घण्टा० धावनमार्गमा आवागमन रोकिएको थियो । त्यसताका उसले ३ हजार ५० मिटर लामो धावनमार्ग झन्डै २० सेन्टिमिटर खनेर उच्च गुणस्तरको बिटुमिन राखेको थियो । दोस्रो चरणको काम वर्षा सकिएपछि भदौ १५ मा सुरु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

परियोजनामा नेपाल सरकारकै स्रोतबाट विनियोजित ३ अर्ब ७८ करोड रुपैयाँ बजेट थियो । यसमा दोस्रो चरणमा थपिएको लाइट जडान आदिको रकम समावेश छैन । अब धावनमार्ग कम्तीमा २० वर्षसम्म सञ्चालन गर्न सकिने प्राधिकरणले बताएको छ । कान्तिपुरबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -