गोरखा, २५ मङ्सिर २०७६ । गोरखाको पालुङटामा रङ्गशाला बन्ने भएको छ ।

पालुङटार नगरपालिका वडा नं ५ मा रहेको थोत्राडीमा रङ्गशाला बन्ने भएको हो । आार्थिक वर्ष २०७६÷०७७ को प्रदेश सरकारको ससर्त अनुदान लागतमा रङ्गशाला निर्माणका लागि बोलपत्र आवहान गरिएको पालुङटार नगरपालिकाका ईञ्जिनियर अनुप देवकोटाले जानकारी दिनुभयो ।

भुकम्प अगाडी स्थानीय प्राथमिक विद्यालयको ८० रापनी क्षेत्रफलमा फैलीएको जग्गामा रङ्गशाला निर्माण गरिने ईञ्जिनियर देवकोटाले जानकारी दिनुभयो ।

ईञ्जिनियर देवकोटाका अनुसार रङ्गशालामा सुविदा सम्पन्न भि आई पि कक्ष सुविधा सम्पन्न पार्किंङ, आकर्षक गाडेन लगायतका आकर्षक र सुविधा सम्पन्न संरचनाहरु बन्नेछन् ।

पालुङटार नगरपालिकाको नगरसभाले पास गरेको रङ्गशाला निर्माणको लागि प्रदेश सरकारले आार्थिक वर्ष २०७६/०७७ का लागि १ करोड ५० लाख रुपैया रकम विनियोजन गरेकोले यस वर्ष निर्माणको काम सुरु गरिने ईञ्जिनियर देवकोटाले बताउनुभयो ।

आर्थिक वर्ष २०७६/०७७ मा १ करोड ५० लाख रुपैया रकमको काम सुरु भए पनि करिव तीन वर्षमा निर्माण समपन्न हुने ईञ्जिनियर देवकोटाले विस्वास व्यक्त गर्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्