काठमाडौं, २५ मङ्सिर २०७६ । लोक सेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृत माग गर्दै विज्ञापन प्रकाशित गरेको छ ।

बुधबार प्रकाशित गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै आयोगले १०९६ शाखा अधिकृत पदका लागि आवेदन आह्वान गरेको हो ।

राजपत्रांकित तृतिय श्रेणी (शाखा अधिकृत) अप्राविधिक पदहरुमा सो आवेदन आह्वान गरिएको छ । अप्राविधिक तर्फका विभिन्न पद तथा सेवा समूहका लागि आवेदन आह्वान गरिएको छ ।

त्यसमध्ये ७६८ खुलातर्फ तथा ३२८ बढुवातर्फ छन् । आयोगले खुलाएको विज्ञापनमा सबैभन्दा बढी सामान्य प्रशासनतर्फ ५६० पदहरुमा आवेदन आह्वान माग गरिएको छ । त्यस्तै लेखातर्फ ३०, राजस्वमा ६९, लेखा परीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवामा ३६३, व्यवस्थापिका संसदमा २८ पदमा विज्ञापन गरिएको छ ।

सामान्य प्रशासनतर्फ माग गरिएको ५६० मध्ये १६८ बढुवाबाट र बाँकी २१६ खुला प्रतिश्पर्धाद्वारा पदपूर्ति गरिनेछ । त्यस्तै राजस्वतर्फ ६९ माग भएकोमा २० पद बढुवाका लागि र खुला प्रतिश्पर्धाका लागि ३९ पदहरु छुट्याइएको छ ।

त्यस्तै लेखातर्फ ३० पदमा आवेदन मागिएकामा ९ बढुवाका लागि २१ जना खुला प्रतिस्प्रधाद्वारा पदपूर्ति हुने कुरा सूचनामा उल्लेख छ । त्यस्तै लेखा परीक्षणतर्फ ४२ पदमा आवेदन मागिएको छ जसमा १३ बढुवाका लागि तथा २९ पदहरुमा खुला प्रतिश्पर्धाद्वारा पदपूर्ति गरिने आयोगले जनाएको छ ।

परराष्ट्रमा ४ माग भएकोमा १ बढुवा र ३ खुला प्रतिश्पर्धाद्वारा पदपूर्ति गरिने एवं न्यायतर्फ २९० माग भएकोमा ८५ बढुवाका लागि तथा २०५ पदमा खुला प्रतिश्पर्धाद्वारा पदपूर्ति हुनेछ ।

कानुनतर्फ मागिएका ४९ जना शाखाअधिकृतमध्ये १५ बढुवाका छुट्याई ३४ जना खुला प्रतिश्पर्धाद्वार पदपूर्ति गरिनेछ । २४ जना सरकारी वकिल मागिएकामा ८ पद बढुवाका लागि छुट्याई १४ पद भने खुला प्रतिश्पर्धाद्वार पदपूर्ति हुनेछ ।

त्यस्तै व्यवस्थापिका संसद्तर्फ २८ जना शाखा अधिकृत माग भएकामा ६ बढुवा र २२ पद खुला प्रतिश्पर्धाका लागि छुट्याइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्