- ADVERTISEMENT -

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) भव्य रुपमा सम्पन्न

December 10, 2019
851
Shares
- ADVERTISEMENT -

काठमाडौं, २४ मङ्सिर २०७६ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) भव्य रुपमा सम्पन्न भएको छ ।

दशरथ रंगशालामा मंगलबार साँझ आयोजना गरिएको समापन कार्यक्रममा अधिकांश वक्ताहरुले नेपालले सफलतापूर्वक साग सम्पन्न गर्न सफल भएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

समापन समारोह कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिब सिलवालले सम्बोधन गर्नु भएको थियो ।

बि स २०७२ सालको भूकम्पपछि पुनर्निमाण भएको दशरथ रंगशालामा खेलकुदहरु आयोजना गर्न सफल भएकोमा खुशी व्यक्त गर्नु भयो ।

दक्षिण एसियाली ओलम्पि परिषदको सोमबार बसेको बैठकले आगामी १४ औं साग पाकिस्तानमा गर्ने निर्णय बमोजिम नेपालले पाकिस्तानलाई झण्डा हस्तान्तरण गरेको छ ।

समापन कार्यक्रममा आतिसबाजी समेत गरिएको थियो ।

नेपालबाट स्वर्ण जित्ने खेलाडीको नामावली

कराते :

मण्डेकाजी श्रेष्ठ (एकल काता)

मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर (टिम काता, पुरुष )

निर्मला तामाङ, संगिता मगर, सरु कार्की (टिम काता ,महिला)–

लक्ष्मण तामाङ (५५ केजी कुमुते)

विप्लवलाल श्रेष्ठ (८४ केजीमाथि)

कुसुम खड्का (४५ केजी मुनी)

अनु अधिकारी (५० केजी मूनि)

नवीन रसाइली (६७ केजी)

सुनिता महर्जन (६८ केजी)

अनुपमा मगर (६८ केजी)

तेक्वान्दो :

कमल श्रेष्ठ (२३–२९ वर्ष पुम्से )

सिना मादेन लिम्बु ( १७ –२३ वर्ष पुम्से )

पार्वती गुरुङ (२३ –२९ वर्ष पुम्से )

आयशा शाक्य (२९ वर्ष माथि पुम्से )

आयशा शाक्य र सञ्जिकुमार पाण्डे (२९ वर्ष माथि पुम्से )

निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना (महिला टिम १७–२३ वर्ष टिम पुम्से)

निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई (महिला टिम २३–२९ वर्ष टिम पुम्से)

काजल श्रेष्ठ (४६ केजी मुनि गेरुगी)

वीरबहादुर महरा (६८ केजी मुनि गेरुगी)

संगीता बस्याल (६२ केजी मुनि गेरुगी)

सक्षम कार्की (८७ केजी गेरुगी)

भुपेन श्रेष्ठ (८७ गेरुगी)

ट्रायथलन :

सोनी गुरुङ

हिमाल टमाटा

उसु :

विजय सिन्जाली (थाउलो)

सुस्मिता तामाङ (थाउलो)

दीपक हमाल (थाउलो)

निमा घर्तीमगर (थाउलो-नान्दौ)

जुनी राई (सान्डा सान्सो)

एथलेटिक्स :

सन्तोषी श्रेष्ठ (१० हजार मिटर)

गोपीचन्द्र पार्की (५ हजार मिटर )

किरण सिंह बोगटी (म्याराथन)

साइक्लिङ :

राजेश मगर (डाउनहिल)

निश्मा श्रेष्ठ (डाउनहिल)

लक्ष्मी मगर (क्रस कन्ट्री)

वुद्धि बहादुर तामाङ (क्रस कन्ट्री)

बक्सिङ :

सनिल शाही (पुरुष ६० केजी)

मिनु गुरुङ (महिला ४८ केजी)

भुपेन्द्र थापा मगर (पुरुष ६४ केजी )

पौडी :

गौरिका सिंह (२ सय मिटर फ्रिस्टाइल)

गौरिका सिंह (४ सय मिटर फ्रिस्टाइल)

गौरिका सिंह (२ सय मिटर ब्याकस्ट्रोक)

गय्रिका (१०० मिटर फ्रिस्टाइल)

भारोतोलन :

सन्जु चौधरी (५९ केजी )

विकास थापा (पुरुष ८९ केजी ताैल )

जुडो :

पुनम श्रेष्ठ (महिला ७८ केजीमुनि)

देविका खड्का (महिला ५२ केजी मुनि)

गल्फ :

सुवास तामाङ (पुरुष एकल)

सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की,निरज तामाङ (पुरुष टिम इभेन्ट्स )

फुटबल :

पुरुष फुटबल

कुस्ती :

संगीता धामी

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -