- ADVERTISEMENT -

नेपाल लगातार दोस्रोपटक च्याम्पियन

December 10, 2019
559
Shares
- ADVERTISEMENT -

काठमाडौं, २०७६ साल मङ्सिर २४ गते मंगलबार । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल लगातार दोस्रोपटक च्याम्पियन बन्न सफल भएको छ ।

आज मंगलबार त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले भुटानलाई २-१ गोलले पराजित गर्दै लगातार दोस्रोपटक स्वर्ण जित्न सफल भएको हो । नेपाल फुटबलमा सन् १९८४, १९९३, २०१६ र सन् २०१९ गरी चारपटक च्याम्पियन बनेको छ ।

- ADVERTISEMENT -

Advertisement

नेपालका लागि पहिलो गोल खेलको १६ औं मिनेटमा अभिषेक रिजालले गरेका थिए । त्यसपछि, भुटानले खेलको ३८ औं मिनेटमा जवाफी गोल फर्काएको थियो । भुटानका लागि कप्तान चेम्चो ग्याल्चेनले गोल फर्काएका थिए ।

खेलको ५४ औं मिनेटमा नेपालका लागि सुनिल बलले गोलसंख्या दोब्बर बनाउन सफल भए ।

- ADVERTISEMENT -

Advertisement

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को यही संस्करणको पहिलो खेलमा नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो ।

नेपाल १२ औं सागको स्वर्ण विजेता हो । नेपालले १२ औं सागमा भारतको भूमिमा भारतलाई नै पराजित गर्दै स्वर्ण जितेको थियो ।

त्यसैगरी पहिलो सागमा नेपालले बंगलादेशलाई ४-२ गोलले पराजित गर्दै च्याम्पियन बनेको थियो भने सन् १९९३ मा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराएको थियो । भारत यस संस्करणको फुटबलमा सहभागीता जनाएको  छैन ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -