- ADVERTISEMENT -

काठमाडौ उपत्यकामा आज जोर नम्बरका मात्र सवारी साधन चलाउन पाइने

December 10, 2019
855
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २४ मङ्सिर २०७६ । काठमाडौ उपत्यकामा आज जोर नम्बरका मात्र सवारी साधन चलाउन पाइने भएको छ ।

१३ औ दक्षिण एशियाली खेलकुदको समापन हुने दिन भएकाले ट्राफिक व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्धेश्यले जोर नम्बरका मात्र गाडी चलाउन पाउने व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पुराना सवारी साधन चलाउन र हर्न बजाउन पनि निषेध गरिएको छ ।

ट्राफिक प्रहरीले उपत्यकाबसीमा अनुरोध ।

१.मंसिर २४ गते समापन दिन सरकारी, अत्यावश्यक सेवा, खेलकुद सम्बद्ध, सञ्चारकर्मी तथा पर्यटक आवद्ध सवारी साधन बाहेक रिङ्गरोड भित्र सम्पूर्ण सवारी साधनहरू जोर नम्वरमा मात्र चलाउन हुन अनुरोध गरिन्छ ।

२.ठुला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेश नगरीदिनु अनुरोध छ ।

३.दशरथ रङ्गशाला वरिपरिका सवारी मार्गको सकभर प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडकको प्रयोग गरिदिन हुन।
४.२४ गते समापनका दिन कम भन्दा कम सवारी साधनहरू निकाल्नु हुन अनुरोध गरिन्छ ।

५.सवारी मार्गमा पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाउनु हुन अनुरोध गर्दछौं ।

६.खेल हेर्न आउने सम्पूर्ण सर्वसाधारणहरूको पार्किङ्ग स्थल काठमाडौँ मल अगाडीको टुँडिखेलमा तोकिएकोले सोही अनुसार गरिदिनुहुन आग्रह गरिन्छ ।

७.हर्नलाई पूर्ण रूपले निषेध गरिएको छ ।

८.ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्नु हुनका साथै सडकमा जथाभावी बाटो नकाट्नुहुन अनुरोध गरिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -