काठमाडौं, २३ मंसिर २०७६ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) बिशेष कार्यक्रमकाविच मंगलबार समापन गरिने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिब रमेशकुमार सिलवालले समापन समारोहलाई अहिलेसम्मकै ब्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको जानकारी दिनुभयो ।

सदस्यसचिव सिलवालले प्रतियोगिता शुरुदेखि अहिलेसम्म ब्यवस्थित रुपमा सञ्चालन भइरहेको र समापनलाई झनै ब्यवस्थित र भब्य बनाउन लागिएको बताउनु भयो ।

समापन समारोहकै दिन नेपाल र भुटानबीच अपरान्ह ३ बजे फाइनल हुनेछ । त्यसअघि मंगलबार १२ बजे सांसद ११ र राष्ट्रसेबक कर्मचारी ११ बिच मैत्रीपूर्ण फुटवल हुनेछ । फुटबल प्रतियोगिताको फाइनल लगत्तै समापन समारोह सुरु हुनेछ ।

डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । त्यसको दोश्रो दिन बुधबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नु हुँदै खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्नु हुनेछ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथी रहनु हुने समापन समारोहमा उपप्रधानमन्त्री पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा), नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिब सिलबालले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

समापन समारोहकै अवसरमा १४ औं साग आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ । त्यसैगरी नेपाल भ्रमण बर्ष २०२० लाई प्रबर्धन गर्ने गरी बिशेष कार्यक्रम प्रस्तुत गरिने पनि सदस्यसचिब सिलवालले जानकारी दिनुभयो ।

सोही अवसरमा साग ऐतिहासिक रुपमा सफलतापुर्बक सम्पन्न भएको सन्देश दिनेगरी मार्च पास, सांस्कृतिक कार्यक्रम र आतिसबाजी गरिनेछ।

समापनका दिन कार्यक्रम स्थलका प्याराफिटलाई बिभिन्न श्रेणीमा बर्गिकरण गरी ब्यबस्थित गरिनेछ । त्यहाँ भीभीआईपी, भीआईपी, पत्रकार, पदक बिजेता खेलाडी, बिदेशी, कर्मचारीलगायतलाई भिन्दाभिन्दै क्षेत्र बनाएर बस्ने ब्यबस्था हुनेछ ।

समापनकै दिन फुटवल प्रतियोगिताको फाईनल भएकाले फुटवल हेर्नका लागि दुई हजार र एक हजार दरका टिकटको ब्यबस्था गरिएको छ । तीनै टिकटले समापन समारोहमा पनि सहभागि हुन सकिनेछ । उत्तरतर्फ १२ हजार जना अट्ने प्याराफिटका लागि ८ हजार टिकट मात्र बिक्रि गरिएको छ । ती टिकटहरु बिक्री भैसकेका छन् ।

समापनका दिन सुरक्षा र पासमा पनि कडाई गरिनेछ । अत्यावश्यक बाहेक यसदिन पास निकै कम प्रयोग हुनेछन्। सञ्चारकर्मीहरुले यसअघि प्रयोग गरिरहेका खेल प्रबेश परिचपयपत्रसँगै आआफ्ना सञ्चारमाध्ययमका परिचय पत्र पनि बोक्नुपर्ने ब्यबस्था गरिएको छ । सम्बन्धित ब्यक्तिलाई तोकिएको सिटमा अरु कोही बस्न पाउने छैन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्