चितवन, २३ मङ्सिर २०७६ । इच्छाकामना गाउपालिकाका वडाध्यक्ष कुटपिट प्रकरणमा नेपाली काङ्ग्रेसले बिज्ञप्ति सार्नाजनिक गरेको छ ।

इच्छाकामनाका एक वडाध्यक्ष माथी भएको कुटपिट प्रकरणमा नेपाली काङ्रेस चितवनले पनि विज्ञप्ती प्रकशित गरेको छ । विज्ञप्तीमा उक्त घटनामा आफ्नो क्रियाशिल स्थानीय कार्यकर्तालाइ जवरजस्ती मुछ्ने काम भएको भन्दै आपत्ति प्रकट गरेको छ ।

जिल्ला अध्यक्ष जित नारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा रातको समयमा वडाध्यक्षले कार्यालयको सामाग्री सार्न खोज्दा स्थानियले प्रतिवाद गर्दा भएको उक्त घटनामा नेकपाले जवरजस्ती छानी छानी काङ्ग्रेस कार्यकर्ता विरुद्ध उजुरी दिई पक्राउ गरिएको भन्दै पक्राउ परेका आफ्नो कार्यकर्तालाइ यथाशीघ्र छोड्न माग गरेको छ ।

त्यसैगरी, नेकपाले घटनालाइ राजनितीकरण गर्न खोजेको भन्दै त्यसबाट आउने परिणाम प्रती सम्बन्धितले जिम्मेवारी लिनुपर्ने पनि चेतावनी दिएको छ । उक्त घटनामा संलग्न रहेको भन्दै परेको उजुरीको आधारमा मुग्लिन प्रहरिले आजै २ जनालाइ पक्राउ गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्