पोखरा, २३ मङ्सिर २०७६ । कृषि बिद्यार्थी सम्पर्क मञ्चका अध्यक्ष मनिष पण्डितको अध्यक्षतामा, कृषि बिद्यार्थी सम्पर्क मञ्च प्राकृतिक स्रोत व्यवस्थापन कलेज पोखरा १९ पुरन्चौरमामा खुल्ला प्रस्तुति प्रतियोगिता सम्पन्न गरिएको छ ।

कृषि सम्बन्धि बिविध समस्या तथा भावी रणनीतिलाइ लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रममा क्याम्पसमा अध्ययनत बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

आगामी दिनहरुमा पनि विभिन्न रचनात्मक कार्यक्रम गर्न हौसला प्रदान गर्नु हुदै प्रमुख अतिथि क्याम्पस प्रमुख प्रोफेसर सि पी श्रीवास्तवले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा निर्णायक रहनुभएका कृषि तथा वन विश्वविद्यालय समाजशास्त्र  प्रोफेसर दुर्गा देवकोटाले दिप्ती बराललाइ विजेता घोषित गर्दै बधाई तथा आयोजकलाइ धन्यवाद दिनुभयो ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्