Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:११:१६ बिहान
- ADVERTISEMENT -

हेण्डबल खेलमा नेपालले पहिलो पटक पदक

प्रकाशित मिति: २०७६ मंसिर २३, सोमबार

643
Shares

पोखरा, २३ मंसिर २०७६ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को ह्याण्डबल खेलमा नेपालले पहिलो पटक पदक हात पारेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पोखरामा भएको ह्याण्डबलको फाइनलमा नेपालले पहिलो पटक रजत हात पारेको हो ।

स्वर्ण पदकका फाइनल खेलेको नेपाली महिला ह्याण्डबल टोली भारतसँग हारेपनि नेपाललाई रजत पदक दिलाएको हो । रजत पदक जितेसँगै ह्याण्डबलमा नेपालको मेडल टच गर्ने सपना पूरा भएको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनलमा आयोजक नेपाललाई ३५–२१ ले हराउँदै भारतले स्वर्ण जित्न सफल भएको छ । योसँगै भारतले उपाधि रक्षा समेत गरेको हो । भारतकै गुहावटीमा भएको १२ औं संस्करणको ह्याण्डबलमा समेत भारतले स्वर्ण जितेको थियो ।
भारतको गुहावटीमा भएको १२ औं संस्करणबाट मात्र महिला ह्याण्डबल खेल समावेश थियो । उक्त संस्करणमा नेपालले कास्य पदक समेत गुमाएको थियो । बंगलादेशसँग सेमिफाइनलमा हारेको नेपालले तेस्रो स्थानको लागि पाकिस्तानसँग हार्दै कास्य पदक समेत गुमाएको थियो ।
सागको इतिहासमै बंगलादेशको ढाकामा भएको ११ औं संस्करणको सागदेखि ह्याण्डबल खेलले प्रवेश पाएको थियो । त्यस संस्करणमा पुरुषको ह्याण्डबल टोलीले मात्रै साग खेलकुदमा सहभागिता जनाएको थियो ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलको दर्शक दिर्घामा खचाखच भरिएको घरेलु दर्शकको चर्को हुटिङका बीच पनि नेपाली टोलीले भारतविरुद्व जित निकाल्न सकेन । खेलको सुरुवाती २० सेकेण्डमै मेनिकाको गोलबाट भारतले अग्रता लिएको थियो । खेलको पहिलो मिनेटमै नेपालकी आइताल्हामु शेर्पाले गोलको खाता खोल्दै टोलीलाई १÷१ को बराबरीमा पु¥याइन् ।

दोस्रो मिनेटमा पुनः मेनिकाले नै दोस्रो गोल गर्दै भारतलाई २–१ को अग्रता दिलाइन् । तेस्रो मिनेटमा नेपालकी उमा राईले पेनाल्टीबाट दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा पु¥याइन् । भारतले १९–८ को अग्रतामा पहिलो हाफ सक्दा दोस्रो हाफमा १६ गोल थप्न सफल रह्यो । नेपालले भने दोस्रो हाफमा १३ गोल मात्रै थप्यो ।

स्वर्ण विजेता भारतका लागि मेनिकाले सर्वाधिक १३ गोलको योगदान गरिन् । सोनिकाले टोलीकालागि ११ गोल गरिन् । निधि शर्माले टोलिका लागि ८ गोल थपिन् । कीपर निना शिल, दीपशिखा र प्रियङ्का ठाकुरले समान १–१ गोल जोडे ।
यता, घरेलु दर्शकको समर्थन पाएको नेपालको लागि भने बन्दना राईले सर्वाधिक ६ गोलको योगदान दिइन् । कबिता राईले आफ्नो नाममा टोलीका लागि ५ गोल जोडिन् । निषा राई र उमा राईले समान ३–३ गोल थपे । रञ्जना राईले २ गोलको योगदान दिइन् । कबिता राई र र शान्तिकला राईले समान १–१ गोल थपे ।

महिला ह्याण्डबलमा बंगलादेशले कास्य पदक जितेको छ । आइतबार विहान भएको तेस्रो स्थानको पहिलो खेलमा पाकिस्तामाथि ३१–१५ गोलको नतिजा निकाल्दै बंगलादेशले कास्य पदक जितेको हो । भारतको गुहावटीमा भएको १२ औं सागको उपविजेता बंगलादेशले पाकिस्तानमाथि सहज जित निकालेको थियो । १२ औं सागको महिलातर्फको ह्याण्डबलमा पाकिस्तान कास्य पदक बिजेता हो ।

बंगलादेशका लागि मोसम्मत रुबिना बेगमले सर्वाधिक ९ गोलको योगदान दिइन् । पाकिस्तानका लागि नुसरत बानोले सर्वाधिक ५ गोल गरिन् ।

पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष ह्याण्डबलमा पाकिस्तानले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार भएको फाइनल खेलमा प्रतिद्वन्द्वी भारतलाई ३०–२९ गोल गर्दै पाकिस्तानले सागमा दोस्रो स्वर्ण जितेको हो । भारतले भने उपविजेता बन्दै रजत पदक जितेको छ ।

बंगलादेशमा भएको ११ औं सागबाट समावेश भएको ह्याण्डबलमा पाकिस्तानले पुरुषतर्फको पहिलो स्वर्ण जितेको थियो । भारतकै गुहावटीमा भएको १२ औं सागमा भने भारतले स्वर्ण जितेको थियो । पाकिस्तान उपविजेता बन्दै रजत पदकमा सीमित बनेको थियो ।

विजेता पाकिस्तानका लागि मोहम्मद मुजामल हुसेनले सर्वाधिक ६ गोलको योगदान दिए । हजरत हुसेनले टोलीका लागि ५ गोल थपे । इमरान खानले टोलीका लागि ४ गोल जोडे । असिम सइद र मोहम्मद जुबेरले समान ३/३ गोलको योगदान गरे । नासिर हुसेन र मोहम्मद सहिद बसिरले समान २/२ गोलको थपे । नामिद उर रहमान र असिफ हायातले समान १/१ गोल गरे ।

भारतका नविन सिंहले सर्वाधिक ८ गोलको योगदान दिए । दिपक अहलावत, अंकित र रमेश चन्दले समान ५/५ गोल जोडे । दिनेशले टोलीका लागि ४ गोल जोडे । करमजित सिंह र ह्याप्पीले टोलीका लागि समान १/१ गोल थपे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -