लमजङ, २२ मङ्सिर २०७६ । लमजङको बेसीशहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुबाहक बस  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

आइतबार विहान करिब ७:४० बजेतिर लमजुङको पाउँदी नजिकको प्रहरी बिट र सिमलको बोटको बिचमा रोकेर राखिएको बस अनियन्त्रित भई पाउँदी खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको परिचय भने खुलेको छैन । उनको उपचारको लागी सुन्दरबजारको कर्मदा अस्पतालमा लगिएकोमा अस्पताल लैजाने वित्तिकै डाक्टरले मृत घोषित गरेको लमजुङका डिएपी रविन्द्रमान गुरुङले बताए ।

बस सडकबाट करिब १०० मिटर तल खसेको छ । दुर्घटनामा  परी घाइते भएका ७ जना मध्ये ४ जनालाई उपचारका लागी चितवन लगिएको छ भने एक जनाको  स्थानिय अस्पताल कर्मदामा उपचार भइरहेको छ । दुई जना सामन्य घाइते भएको प्रहरीले बताएको छ ।

बसमा १० देखि १२ जना यात्रु रहेको प्रहरीको भनाई छ । बसको इञ्जिन सुचारु अवस्थामै राखेर चालक र सह–चालक यात्रु खोज्न गएका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली दुर्घटना स्थलमा उद्दारका लागि पुगिसकेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्