- ADVERTISEMENT -

टोक्यो ओलम्पिकका लागि नेपालबाट गौरिका र एलेक्जेन्डर छनोट

December 8, 2019
599
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २०७६ साल मङ्सिर २२ गते आइतबार । आउँदो वर्ष जापानमा हुने ओलम्पिकमा पौडीमा नेपालबाट गौरिका सिंह र एलेक्जेन्डर शाहले सहभागिता जनाउने भएका छन् ।

पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार टोक्यो ओलम्पिकमा नेपालबाट २ जना खेलाडी सहभागिता जनाउन पाउने भएकाले गौरिका र शाहले खेल्ने बताउनु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

गएको जुलाईमा दक्षिण कोरियामा भएको १८ औं फिना च्याम्पियनसिपमा नेपालबाट गौरिका र सोफिया शाह तथा एलेक्जेन्डर शाह र शुभम श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।

फिना च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा नेपालबाट टोक्यो ओलम्पिकमा गौरिका र एलेक्जेन्डरले खेल्ने भएका हुन् ।

फिना विश्व च्याम्पियनसिपमा गौरिकालेगौरिकाले महिला १ सय मिटर फ्रिस्टाइल १ मिनेट ००:६२ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका १ मिनेट ००:७९ सेकेन्डको कीर्तिमानमा सुधार गरेकी थिइन। त्यस्तै २ सय मिटरको फ्रिस्टाइलमा २ मिनेट १३ दशमलव ०० सेकेण्डन्डको समय निकालेकी थिइन् ।

९६ प्रतिस्पर्धी सहभागी उक्त स्पर्धामा गौरिका समग्रमा ६९ औं स्थानमा रहिन् ।

एलेक्जेन्डरले १ सय मिटर फ्रिस्टाइलमा ५६ दशमलव २८ सेकेन्डको टाइमिङ निकालेका थिए। उनले २०१७ मा काठमाडौंमा भएको सातौं एनएस कप पौडीमा शिरीष गुरुङले बनाएको ५७ः८८ सेकेन्डको कीर्तिमान भंग गरेका थिए। एलेक्जेन्डरको स्पर्धामा १ सय २३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी १०२ औं स्थानमा रहेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -