काठमाडौँ, २१ मङ्सिर २०७६ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले छैटौँ ‘बालोन डि ओर’ जिते पछिको आफ्नो पहिलो खेलमा मायोर्काविरुद्व  कीर्तिमानी ३५ औँ ‘ह्याट्रिक’ गर्दै बार्सिलोनालाई ५-२ गोल अन्तरले जिताएका छन् ।

मेस्सीले ला लिगामा ३५ औँ ‘ह्याट्रिक’ गर्दै क्रिस्त्रियानो रोनाल्डोसँगको बराबरी ३४ औँ ‘ह्याट्रिक’ रेकर्ड भंग गरेका छन्। उनले यो रेकर्ड बनाउन ४६२ ला लिगा खेल खेलेका छन्। यो जित सँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

ला लिगाको सबैभन्दा धेरै ‘ह्याट्रिक’ गर्न मेस्सीले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा थप एक गोल गरे। योसँगै मेस्सी चलिरहेको ला लिगाको सबैभन्दा बढी १२ गोल गर्ने खेलाडी समेत बनेका छन् ।

मेस्सीले आफुले जितेको छैटौँ ‘बालोन डि ओर’ अवार्ड पनि आज (आइतवार) विहान सम्पन्न खेल सुरु हुन् अगाडि झन्डै लाख आफ्नो घरेलु फ्यानहरुलाई साक्षी राखेर प्रदर्शन गर्दै खुसी साटे।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले खेलको ७ औँ मिनेटमा एन्टोनियो ग्रिजम्यानको गोलबाट अग्रता लिएको थियो । उनको गोलको लागि गोलकिपर मार्क टेर स्टेगनले ‘एसिस्ट’ गरेका थिए । बार्सिलोनाको लागि दोस्रो र तेस्रो गोल भने खेलको १७ औँ र ४१ औँ  मिनेटमा लियोनल मेस्सीले गरे। त्यस्तै चौथो गोल भने लुईस स्वारेजले गरे । उनले फ्रान्की डि जोङ्गको पासमा सुन्दर ढंगमा ‘ब्याकहिल’ गोल गरे ।

त्यस्तै खेलको दोस्रोहाफको ८३ औँ मिनेटमा मेस्सीले आफ्नो ‘ह्याट्रिक’ पुरा गर्दै बार्सिलोनाको अग्रता ५-२ बनाए। त्यसपछि थप गोल दुवै टिमबाट भएन र बार्सिलोनाले खेल सजिलै जित्यो।

मायोर्काको लागि पहिलो हाफको एन्टे बुदिमिरले खेलको ३५ औँ मिनेटमा गरे भने बुदिमिरले नै दोस्रो हाफको  ६४ औँ मिनेटमा अर्को गोल गरे।

आजको जितसँगै बार्सिलोना १५ खेलबाट ३४ अंकसहित तालिकाको शीर्ष पुन: उक्लिएको छ। समान खेलबाट समान अंक भए पनि गोल अन्तरको आधारमा रियाल मड्रिड दोस्रो स्थानमा छ। रियालले हिजो (शनिवार) एस्पानियोललाई २-० पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्