काठमाडौँ, २१ मंसिर २०७६ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपाल र माल्दिभ्सबीच आज शनिबार भएको पुरुष फुटबलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारीखेलको १७ औँ मिनेटमा माल्दिभ्सले नेपालविरुद्ध गोल गरेको थियो । उसका इब्राहिम महुधी हुसैनले कर्नर किकमा गोल गरेका थिए ।

त्यसको २७ मिनेटपछि नेपालका लागि अभिषेक रिजालले गोल फर्काउन सफल भएका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्