काठमाडौँ, २० मङ्सिर २०७६ ।  काठमाडौँको टोखामा “विद्यालय स्तरीय जुनियर फुटसल प्रतियोगिता” २०७६ हुने भएको छ । उक्त फुटसल प्रतियोगिता यहि मङ्सिर २१ गते  शनिबारका दिन एडु समिट स्कुल धनेश्वरमा हुने आयोजकले जनाएको छ ।

निजी विद्यालयहरुको छाता संस्था नेसनल प्याबसन र एडु समिट स्कुलको संयुक्त आयोजनामा हुन गइरहेको उक्त प्रतियोगितामा २० वटा विद्यालयले सहभागिता जनाउने आयोजक, विद्यालयका प्रिन्सिपल विनोद बरालले जानकारी दिनुभयो ।

नेसनल प्याबसन टोखाका अध्यक्ष मोदराज पाण्डेले यस्ता खालका प्रतियोगिताले विद्यार्थीहरुमा अनुशासन, शारीरिक तन्दुरुस्ती र टिम भावनाको  विकास हुने  बताउनु भयो । साथै, उहाँले नेसनल प्याबसन टोखाको तर्फबाट शैक्षिक विकासको लागि कुनै प्रकारको कसर बाँकी नराख्ने र सबैलाई समेटेर टोखा नगरीलाई शैक्षिक केन्द्र बिन्दुको रुपमा बिकसित गर्दै लैजाने बताउनु भयो ।

लिग र नक आउट दुबै मोडालिटीमा चल्ने प्रतियोगितामा नगर प्रमुख प्रकाश अधिकारी प्रमुख आथित्यतामा हुन गइरहेको प्रिन्सिपल विनोद बरालले जानकारी दिनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्