काठमाडौं, २० मंसिर २०७६ । राजधानीमा जारी १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका कारण राजधानीको चक्रपथमा यातायात अवरुद्ध भएको छ ।

अत्यन्तै व्यस्त हुने चक्रपथको बीचको लेनमा आज सवारी चलाउन दिइएको छैन । दक्षिण एसियाली खेलकुदको साइक्लिङ खेलका लागि यो लेन खाली गराइएको हो।

आज साइक्लिङ खेल चलिरहँदा बीचको लेन पूरै खाली गरेर सवारी साधनलाई छेउको साँघुरे लेनबाट मात्र गुड्न अनुमति दिइएकोले यसै पनि यातायात अवरुद्ध थियो ।

त्यसमाथि खेल हेर्न दर्शक त्यही लेनमा उभिएपछि सवारी सञ्चालन थप कठिन भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्