काठमाडौं, २० मंसिर २०७६ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज शुक्रबार १९ खेलमा प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार अर्को सहआयोजक शहर जनकपुरमा कुस्ती सुरु हुनेछ । काठमाडौं, पोखरा र जनकपुरमा प्रतियोगिता भइरहेकामा जनकपुरमा कुस्तीमात्र हुने आयोजकले जनाएको छ ।

पोखरामा आर्चरी पनि शुक्रबारबाटै सुरु हुने भएको छ । पाकिस्तानले अन्तिम समयमा हात झिकेपछि बिहीबार उद्घाटनमात्रै भएर शुक्रबारदेखि प्रतिस्पर्धा हुन लागेको हो ।

पोखरामा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल ह्यान्डबल हुनेछ । बाँकी खेल काठमाडौंमा हुँदैछन् ।

काठमाडौंमा एथ्लेटिक्स, बास्केटबल, क्रिकेट, गल्फ, कबड्डी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, स्क्वास, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

स्क्वास, बक्सिङ र फेन्सीङ शुक्रबारदेखि नै सुरु हुन लागेको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्