- ADVERTISEMENT -

बूढीगण्डकी प्रभावित मुआब्जा रकम पुनःमूल्याङ्कन गर्नुपर्ने माग गर्दै काठमाडौँमा धर्ना

December 6, 2019
590
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २० मङ्सिर २०७६ । बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित आरुघाट, (गोर्खा) र विशालनगर खहरे (धादिङ) क्षेत्रमा निर्धारण गरिएको मुआब्जा रकम पुनःमूल्याङ्कन गर्नुपर्ने माग गरिएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजना सरोकार समितिको नेतृत्वमा पीडितहरुले उचित मुआब्जा निर्धारण गर्नुपर्ने र नभएमा रोक्का जग्गाको क्षतिपूर्ति सहित फिर्ता गर्नुपर्ने लगायत मागसहित काठमाडौको माइतीघरमा धर्ना दिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

धर्नामा सहभागी प्रभावित बासिन्दाले ‘मुआब्जा पुनःमूल्याङ्कन गर्नुपर्ने, ‘आयोजनाको निर्माण सुरु गरिहाल्नुपर्ने, ‘घरजग्गाको एकमुष्ट रकम निर्धारण गर्नुपर्ने माग गरेका छन् ।

यही साता भएको मुआब्जा निर्धारणमा प्रभावित बासिन्दाले असन्तुष्टि जनाउदै स्थानीय क्षेत्रहुदै आन्दोलनलाई काठमाडौसम्म पु¥याएका छन् । उनीहरुको आन्दोलनमा स्थानीयतहका जनप्रतिनिधिले पनि पूर्ण रुपमा समर्थन गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -