काठमाडौँ, २०७६ साल मङ्सिर २० गते शुक्रबार । १३ औ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा भारत पदक तालिकाको अग्र स्थानमा उक्लिएको छ भने नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ ।

१३औँ सागमा नेपालका लागि स्वर्ण जित्नेहरु

१. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते

२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते

३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते

४. लक्ष्मण तामाङ– (५५ केजी) कराँते

५. विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते

६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते

७. अनु अधिकारी– (५० केजीमुनि) कराँते

८. नवीन रसाइली– (६७ केजी) कराँते

९. सुनिता महर्जन– (६८ केजी) कराँते

१०. अनुपमा मगर– (६८ केजी) कराँते

११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से

१२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से

१३. पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से

१४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से

१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से

१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम

१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम

१८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो

१९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो

२०. सोनी गुरुङ – ट्रायथलन

२१. हिमाल टमाटा– डुवालोथन

२२. विजय सिञ्जाली– उसु (थाउलो)

२३. सुस्मिता गुरुङ– उसु (थाउलो)

२४. दीपक हमाल– उसु (थाउलो)

२५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर)

२६. राजेश मगर– साइक्लिङ (डाउनहिल)

२७. निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल)

२८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो

२९. सक्षम कार्की– तेक्वान्दो

३०. निमा घर्ती मगर – उसु

३१. लक्ष्मी मगर– साइक्लिङ

३२. बुद्धिबहादुर तामाङ– साइक्लिङ

३३. सञ्जु चाैधरी – भाराेत्तलन

३४. गाैरिका सिंह – पाैडी

३५. जुनी राई – उसु

३६. भुपेन श्रेष्ठ – तेक्वान्दाे

भारतले आजसम्म ५८ स्वर्ण, ४१ रजत र १९ कास्यसहित कूल ११८ पदक जितेको छ । नेपालले ३६ स्वर्ण, २६ रजत र ३४ कास्यसहित कूल ९६ पदक प्राप्त गरेको छ ।

त्यसैगरी, श्रीलङ्का १६ स्वर्ण, ३१ रजत र ५२ कास्यसहित तेस्रो, पाकिस्तान १२ स्वर्ण, २१ रजत र २२ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, १० रजत र ४० कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भुटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले आज साइक्लिङ, भारोत्तोलन, पौडी, तेक्वान्दो र उसुमा गरी थप सात स्वर्ण पदक जितेको हो ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्