Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२०:५८ बिहान
- ADVERTISEMENT -

बुढी गण्डकी जग्गा ‘मुआब्जा निर्धारण वैज्ञानिक भएन’ : काग्रेस

प्रकाशित मिति: २०७६ मंसिर १९, बिहीबार

861
Shares

काठमाडौं, १९ मङ्सिर २०७६ । बुढी गण्डकी जलविद्युत आयोजका प्रभावितहरुका लागि सरकारले निर्धारण गरेको मुआब्जा व्यवहारिक र वैज्ञानिक नभएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जनाएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मुआब्जा निर्धाणमा सरकारले त्रुटि गरेकाले जनताबाट विरोध भएको भन्दै जनताको विरोधमा आफ्नो समर्थन रहेको जनाएका छन्।

काँग्रेसले १२०० मेगावाटको सो परियोजना नेपाल सरकार आफैले बनाउनुपर्नेमा चिनियाँ कम्पनीलाई दिएर सरकारले यो परियोजनाको भविश्य नै अन्यौलमा पारिदिएकोसमेत आरोप लगाएका छन् ।

सो परियोजना बनाउनका लागि भन्दै सरकारले पेट्रोलियम पद्धार्थको विक्रीमा उपभोक्ताबाट थप रुपैयाँ असुल गरिरहेको छ। तर, ओली सरकारले गत वर्ष सो परियोजना निर्माण गर्न चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको थियो। काँग्रेसले लगातार यस विषयमा सरकारले भ्रष्टाचारलाई प्रसय दिएको आरोप लगाउँदै आएको छ ।

प्रेस विज्ञप्ति :

बुढी गण्डकी जलविद्युत परियोजनाको भविष्यलाई थप अन्यौल तर्फ धकेल्ने गरी मंसिर १६ गते सार्वजनिक गरिएको स्थानीयवासीको जग्गाको मुआब्जा र त्यसप्रति स्थानीयवासीको व्यापक असन्तुष्टीप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकर्षित भएको छ ।

१ आरुघाट र खहरे बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण व्यवहारिक र वैज्ञानिक ढंगले नगरिंदा स्थानीय नागरिकमा त्यसले व्यापक रोष उत्पन्न गरेको छ । सो भेगका वासिन्दासँग पर्याप्त छलफल गरी विश्वासमा लिएर मुआब्जा निर्धारण गरिएको भए स्थानीयको असन्तुष्टी एवं आक्रोश जन्मने थिएन ।

तर मनोगत ढंगले निर्धारित मुआब्जा मूल्यले नागरिकको मनोभावनामा चोट त पु¥याएको छ नै त्यसका विरुद्ध रोष प्रदर्शन गर्न स्थानीयवासी वाध्य भएका छन् ।

२ नेपाली कांग्रेसको नेतृत्वमा रहेको अघिल्लो सरकारले १२०० मेगावाटको यो परियोजना नेपाल देश आफैले निर्माण गर्ने निर्णय डा। स्वर्णीम वाग्लेको संयोजकत्वको अध्ययन कार्यदलको अध्ययनको निष्कर्षका आधारमा गरेको थियो । डिजेल र पेट्रोल खरीद गर्दा प्रतिलिटर ५ रुपैयाँका दरले उपभोक्ता मार्फत बुढी गण्डकीका लागि जारी रकम संकलन पनि अर्बौं पुगिसकेको छ । तर शान्ति, संविधान र निर्वाचनपछिको नेपालमा यो परियोजना निर्माणको विषयले तिब्र गति लिने अपेक्षा विपरीत वर्तमान सरकार गठन भएपछि यो परियोजनाको भविष्य एक पछि अर्को घटनाका साथ अन्यौलमा पर्दै गएको छ । न्यून मुआब्जा प्रकरण त्यसको पछिल्लो उदाहरण बन्न पुगेको छ ।

३ विकास परियोजनाहरु संचालन गर्न स्थानीयवासीलाई आवश्यक विश्वासमा लिइनुपर्ने विषय सामान्य ज्ञानको दायरा भित्रकै विषय हो । तर मंसिर १६ मा सार्वजनिक जग्गाको न्यून मुआब्जाले नागरिकलाई विश्वासमा लिनेतर्फ होइन परियोजनाका लागि नागरिकको समर्थनलाई भड्काउने तर्फ लक्षीत देखिएको छ । प्रयत्नहरु के बुढी गण्डकीको भविष्यलाई अध्यारो सुरूङ तर्फ धकेल्न उद्यत छन् रु यो गम्भीर प्रश्नका साथ मंसिर १५ को मुआब्जा निर्धारण तत्काल फिर्ता लिएर स्थानीयवासीसँग पर्याप्त छलफल गरेर न्यायोचित मुआब्जा निर्धारण गरी समाधानमा पुग्न सबै जिम्मेवार पक्षलाई नेपाली कांग्रेस आग्रह गर्दछ ।

जय नेपाल

विश्वप्रकाश शर्मा

प्रवक्ता

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -