Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३०:०७ दिउँसो
- ADVERTISEMENT -

१३ औ दक्षिण एसियाली खेलकुदमा नेपालले २७ स्वर्ण जित्न सफल

प्रकाशित मिति: २०७६ मंसिर १८, बुधबार

947
Shares

काठमाडौं,१८ मङ्सिर २०७६ । १३ औ दक्षिण एसियाली खेलकुदमा नेपालले २७ स्वर्ण जितेको छ ।

सागको तेस्रो दिन नेपालले साइक्लिङ्गको डाउनहिलमा दुई स्वर्ण र दुई रजत तथा कराँतेमा एक र ऊसु थाउलोको नानछान अलराउन्ड स्पर्धामा एक एक गरी चार स्वर्ण जितेको छ ।

बुधबार अपरान्ह गोकर्णमा भएको साइक्लिङ्गको पुरुष विधा तर्फ राजेश मगरले स्वर्ण पदक जित्नुभयो । उहाँले एक मिनेट ४९ दशमलव ३३ सेकेण्डमा एक किलोमिटर दुरी पार गर्दै स्वर्ण पदक हात पार्नुभयो ।

दोस्रो स्थानमा रहनुभएका निरभ श्रेष्ठले एक मिनेट ५० दशमलव ०८ सेकेण्डमा उक्त दुरी पार गर्दै रजत जित्नुभयो । तेस्रो स्थानमा रहेर कास्य जित्नुभएका प्रचित थापामगरले उक्त दूरी एक मिनेट ५१ दशमलव ६६ सेकेण्डमा पार गर्नुभयो ।
त्यसैगरी, साइक्लिङ्ग महिला विधा तर्फ निश्मा श्रेष्ठले स्वर्ण जित्नुभयो । उहाँले एक किलोमिटरको दुरी दुई मिनेट २२ दशमलव ४५ सेकेण्डमा तय गर्नुभयो ।

दोस्रो स्थान प्राप्त गर्नुभएकका जमुना थापाले उक्त दुरी २ मिनेट ४१ दशमलव ४५ सेकेण्डमा पार गरी रजत जित्नुभयो । महिला साइक्लिङ्ग डाउनहिलको तेस्रो स्थानमा भने भारतीय खेलाडी रहनुभयो ।

कराँते कुमुते खेलमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जित्नुभयो । कराँते विधामा मात्रै नेपालको स्वर्ण पदकको संख्या १० पुगेको छ ।

उहाँले ६८ किलो तौल समूहको फाइनल स्पर्धामा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउनुभयो । नर्गिसले इन्डोनेसियामा गत वर्ष सम्पन्न एसियाली खेलकुद प्रतियोगितमा नेपालकी रिता कार्कीलाई हराएर कास्य पदक जित्नुभएको थियो ।

अनुपमाले श्रीलङ्काकी विजेकुन माथिमोहमदमाथि ७–४ ले जित हात पार्दै स्वर्ण पदकको स्पर्धामा पुग्नुभएको थियो ।
यसअघि बुधबार बिहान ऊसु थाउलोको नानछान अलराउन्ड स्पर्धामा दिपक हमालले स्वर्ण पदक दिलाउनुभयो । ऊसुमा नेपालको यो तेस्रो स्वर्ण पदक हो ।

हमालले भारतका साजन लामालाई १९.१२ को अपेक्षा १९.३२ स्कोर गर्नुभयो । भारतका लामा भने रजत पदक हात पार्नुभयो । बङ्गलादेशका मोहम्मद आमेर हुस्सैनले कास्य पदक जित्नुभयो । आमेरले १७.१८ स्कोर गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -