काठमाडौं, १८ मङ्सिर २०७६ । नेपाली कांग्रेसका शेरबहादुर देउवाले बागलुङको बडिगाड गाउँपालिका(७ भीमगिठेमा जीप दुर्घटना परी मृत्यु भएकाहरुप्रति दुःख व्यक्त गरेका छन् । साथै सभापति देउवाले दुर्घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

यसैक्रममा, सभापति देउवाले पछिल्लो समय एकपछि अर्को गर्दै ठूलो दुर्घटना भएको बताउँदै तत्काल एक कार्यदल गठन गरी घटनाको छानबिन गर्न सरकारलाई आग्रह पनि गरे ।

मंगलबार गुल्मीबाट बागलुङको निसिखोला जाँदै गरेको जीप बडिगाड गाउँपालिकाको भीमगिठेस्थित सडकबाट करिब ५ सय मिटर तल खोलामा खस्दा १४ जनाको मृत्यु, एकजना वेपत्ता र ३ जना गम्भीर घाइते भएको थियो ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्