काठमाडौं, १७ मङ्सिर २०७६ । नेपालले १३ औ दक्षिण एसियाली खेलकुद अन्तगर्त पुरुष फुटबलको पहिलो खेलमै जित हात पार्न सफल भएको छ ।

पहिलो खेलमा नेपालले भुटानमाथि ४–० को फराकिलो अन्तरको जित हात पारेको छ ।

दशरथ रङ्गशालामा सम्पन्न खेलमा नेपालले खेलको सुरुमै पहिलो गोल गर्दै १–० को अग्रता लिन सफल भएको हो । नेपालको जितमा कप्तान सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजाल र मिक्चेन तामाङले एक एक गोल गर्नु भएको थियो ।

खेलको पाँचौं मिनेटमा सुजल श्रेष्ठले गोल गर्नुहुँदै नेपाललाई पहिलो अग्रता दिलाउन सफल हुनु भएको हो । श्रेष्ठले खेलको पाँचौं मिनेटमा छ यार्ड बक्सनजिक अनमार्क रहेको अवस्थामा गर्नुभएको प्रहार गोलमा परिणत हुन सफल भयो ।

खेलको अधिकांश समय दबाब सृजना गर्न सफल रहेको नेपालले भुटानलाई गोल गर्न पटक पटक गरेको प्रयास असफल पारेको थियो । भुटानले आफ्नो पहिलो खेलमा बङ्गलादेशमाथि १–० को जित हात पारेको थियो ।

खेलको ३२ औं मिनेटमा मिक्छेन तामाङको फ्रिकिकमा अभिषेक रिजालले गर्नुभएको प्रहार गोलमा परिणत हुन सकेन । दोस्रो गोलका लागि नेपालले ४५ मिनेट कुनु परेको थियो । दोस्रो हाफको ५० औं मिनेटमा नेपालले गोल अग्रता दोब्बर पार्न सफल भयो । सुजल श्रेष्ठले दोस्रो गोल गर्नुहुँदै नेपालको अग्रतालाई २–० पार्नुभयो ।

खेलको ६५ औं मिनेटमा अभिषेक रिजालले थप एक गोल गर्नुहुँदै नेपालको अग्रतालाई तेब्बर पार्न सफल हुनु भयो ।मिक्चेन तामाङले खेलको ७७ औं मिनेटमा थप एक गोल गर्दा नेपालले ४–० को अग्रता लियो । भुटानका लागि कप्तान चेञ्चो गेल्सी र गेलसिङ जेम्पोले गर्नुभएको प्रयासहरु असफल भएको थियो ।

नेपालले आफ्नो दोस्रो खेलमा बुधबार श्रीलङ्काको सामना गर्नेछ । उक्त खेल बुधबार पाँच बजे दशरथ रङ्गशालामा खेलाइने कार्य तालिका रहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्