काठमाडौं, १७ मंसिर २०७६ । बागलुङको बडिगाड खोलामा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु, एक जना बेपत्ता र ३ जना गम्भिर घाइते भएका छन् ।

गुल्मीको इस्माबाट बागलुङको देवीस्थानमा कुलपुजाका लागि छुटेको जीप बडिगाड खोलामा खस्दा १४ जनाको मृत्यु, एकजना वेपत्ता र ३ जना गम्भीर घाइते भएको हो । घाइतेको हेलिकोप्टर मार्फत उद्धारको तयारी भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले ग १ ज ५२१९ नम्बरको जीप मंगलबार बिहान १० बजे बडिगाड गाउँपालिका–७ मा मध्यपहाडी राजमार्गबाट तल बडिगाड खोलामा खसेको जानकारी दिए ।

कुल पूजाका लागि छुटेकाले एकै घरका मानिस परेको हुनसक्ने उनले बताए । अहिले मृतकको सनाखत भएको छैन । “अकल्पनीय दुर्घटना भयो । हेलिकोप्टरबाट उद्धारको तयारी भइरहेको छ । घटनास्थलमा प्रहरी पुगिसकेका छन् । सडकबाट पाँच सय मिटर तल खसेकाले शव सङ्कलन गर्न पनि गाह्रो भइरहेको छ,” उनले भने ।

दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका तीन मध्ये एक पुरुष, एक महिला र एक शिशुको बडिगाडको क्लिनिकमा उपचार भइरहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्