नेदरल्याण्ड, १७ मङ्सिर २०७६ । अर्जेन्टिना र बार्सिलोनाका सुपर स्टार मेसीले आफनो चिर प्रतिद्धन्दि पोर्चुगल तथा जुर्वेटसका स्टार क्रिस्टियानो रोनाल्डो र नेदरल्याण्डका भर्जिल वान दिज्जक लाई पछाडि रेकर्ड छैठौ पटक बैलोन डि ओरको उपाधि हात पारेका छन् । भने महिला फुटबलरमा इग्ल्याण्डकी मेगन रेपिनो ले यो पुरस्कार हात पारेकी छिन् । पछिल्लो पटक शिर्ष तिन मा पनि पर्न नसकेका मेसीले चार बर्षपछि यो पुरस्कार जितेका हुन् ।

पछिल्लो ११ बर्षमा मेसीले २००९, २०१०, २०११,२०१२, २०१५ र रोनाल्डोले २००८, २०१३, २०१४, २०१६, २०१७ मा पाँच पाँच पटक यो पुरस्कार आफनो नाममा गरेका छन् । पछिल्लो बर्ष क्रोएशिया तथा रियल मड्रिडका लुका मोदरिचले यो दुबैको बर्चस्व तोड्दै यो पुरस्कार जितेका थिए । मेसी यो बर्ष फीफा को सर्बश्रेष्ठ फुटबलरको पुरस्कार पनि जितिसकेका छन् । भने लिभरपुलका भर्जिल यूईएफए पनि बर्षका सर्बश्रेष्ठ फुटबलरबाट पुरस्कृत भईसकेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्