- ADVERTISEMENT -

आईसीयू मै हिँड्न थाले प्रधानमन्त्री स् आइप्याडमै हेरे सागको प्रत्यक्ष प्रशारण

December 2, 2019
703
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १६ मङ्सिर २०७६ । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार आएपछि ठोस पदार्थ पनि खुवाउन थालिएको छ । सघन उपचार कक्षमा उपचाररत प्रधानमन्त्री ओली शल्यक्रियाको एक साता पुग्दा सामान्य हिँडडुल गर्न थालेका छन् ।

आइतबार साँझ दशरथ रंगशालामा भव्य रुपमा उद्घाटन भएको १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोहको लाइभ आइप्याडमा हेरेका छन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले सागको शुभारम्भ आईसीयू मा रहेर प्रत्यक्ष प्रशारण आइप्याडमा हेर्नुभयो’, प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘उहाँ खेलाडीहरूलाई निकै मनपराउनु हुन्छ ।’

- ADVERTISEMENT -

Advertisement

गत मंगलबाट एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली मनमोहन कोर्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा उपचाररत छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले ओलीको स्वास्थ्यमा अपेक्षित गतिमा सुधार भइरहेको र आइसीयुमै सामान्य हिँडडुल गर्न थालेको बताए ।

प्रधानमन्त्री ओलीको उपचार टोलीका संयोजक डा।अरुण सायमीले ठोस आहार खुवाउन सुरु गरिएको बताए। गत मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाईटिसको शल्यक्रिया गरिएको थियो । एपेन्डिसाइटिससहित पेटको संक्रमण (पेरिटोनाइटिस) देखिएपछि प्रधानमन्त्रीलाई सघन उपचार कक्षमा राखेर एक साता उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्।   अन्नपूर्णबाट ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -